भक्तपुर, २८ कात्तिक : मध्यपुरथिमि–९ राधेराधेस्थित प्रजापति कम्प्लेक्सको छैठौ तलामा आज बिहान आगलागी हुँदा कपरब ८० लाख बराबरको क्षति भएको छ ।
आज बिहान ८ बजे प्रजापति कम्प्लेक्सका सञ्चालक कुमार प्रजापतिले आफ्नो पसल खोल्ने क्रममा धुवाँको मुस्लो देखेपछि दमकल र प्रहरीलाई जानकारी गराउनु भएको थियो ।

आगलागीबाट छैठौ तलामा रहेको ‘द ट्रयाङ्कुली टाइम्स स्पा एन्ड वेलनेश प्रालि’ (The Tranquil Times Spa & Wellness Pvt. Ltd) मा विद्युत सर्ट भई आगोलागी भएको स्पाका सञ्चालक नरेश रन्जितले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “विहान अचानक विद्युत सर्ट भएर स्पामा आगालागी भयो, यसबाट स्पको मात्रै करिब ६० लाख बराबरको भौतिक सम्पत्ति नष्ट भएको छ, ५ वर्षदेखि सञ्चालनमा आएको स्पाले आगोलागीबाट ठूलो क्षति व्यहोर्नु परेको छ ।”

आगोलागीबाट करिब २० लाख बराबरको क्षति भएको कम्प्लेक्सका सञ्चालनक कुमार प्रजापतिले जानकारी दिनुभयो । कम्प्लेक्स र स्पामा गरि करिब ८० लाख बराबरको क्षति भएको बताईएको छ ।
आगोलागी भएको करिब डेढ घण्टामा जुद्ध बारुण यन्त्र भक्तपुर, सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा बेश ब्यासीबाट आएको टोली र प्रहरी बृत्त थिमिबाट आएको प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो । नेपाली सेना रणशेर गण सूर्यविनायकको टोली भने आगोलागी भएका बरिक पौने एकघण्टामा आएर आगोलागी नियन्त्रणमा सघाएको थियो ।

आगोलागी बिहान भएकाले घटनामा कुनै मानवीय क्षति भएन भने अग्लो भवनको माथिल्लो तलमा आगाृलागी हुँदा पानीको फोहोरा माथिसम्म पुर्याउन दमकललाई हम्मे परेको थियो । जुद्ध बारुण यन्त्र भक्तपुरका प्रमुख विजय धौभडेलले अग्लो भवनमा हुने आगोलागनी नियन्त्रणमा लागि नेपालमा पनि ड्रोन प्रबिधि भित्रयाउन माग गरिरहेको बताउदै सरकारले अग्लो भवनमा हुने आगोलागी नियन्त्रणका लागि नयाँ प्रबिधि भित्रयाउनु पर्ने बताउनुभयो ।
कम्लेक्समा सञ्चालित स्पामा करेट सर्ट भई आगालागी भएको र यसमा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

