काठमाडौं, ४ फागुन । मसाजका नाममा बेश्यावृत्ति धन्दा चलाएको आरोपमा ठमेलस्थित एक स्पा सेन्टर सञ्चालक पक्राउ परेकी छिन्। ठमेलको सातघुम्तीमा नेचुरल स्पा सञ्चालन गर्ने काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–५ घर भएकी ४१ वर्षीय स्मृति भन्ने रमिला गौतमलाई प्रहरीले पक्राउ गरेको हो।
मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार १८ वर्षभन्दा कम उमेरका बालिकालाई स्पामा राखेर उनले बेश्यावृत्तिमा लगाउने गरेकी थिइन्। उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कारबाही अघि बढाइएको र अनुसन्धानको लागि जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद गराएको ब्युरोका एसपी नरेन्द्र कुँवरले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1