शनिबार, बैशाख १३, २०८२ | Sat April 26, 2025


२५ करोड सहित समातिएका लामा सुन तस्करीमा ५ वर्ष जेल बसेकाे खुलासा

२५ करोड सहित समातिएका लामा सुन तस्करीमा ५ वर्ष जेल बसेकाे खुलासा



काठमाडौं, ५ फागुन । काठमाडौंको टोखाबाट २५ करोड रुपैयाँसहित पक्राउ परेका कुशाङ लामा राजस्व छली र सुन तस्करीमा यसअघि ५ वर्ष जेल बसेको खुलेको छ ।

ना ७ ख १६५२ नम्बरको मालबाहक ट्रकमा लुकाएर राखिएको २५ करोड १९ लाख २४ हजार ९ सय ५० रुपैयाँसहित उनलाई गएराति प्रहरीले टोखा नगरपालिका-२ झोरबाट पक्राउ गरेको थियो । लामा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-१ का हुन् ।

‘क्याबिनमाथिको बायाँतिर फल्स बटम बनाई सबै रकम त्यहीँ लुकाएर राखिएको अवस्थामा बरामद गरेका हौं, मङ्गलबार पत्रकार सम्मेलनमा काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले भने । प्रहरीले उनीबाट अमेरिकी डलर र युरो बरामद गरेको हो । गाडीका चालक रहेका उनी एक्लै थिए । सुन तस्करीमा २०७३ पुस १३ मा समातिएका लामा ५ वर्ष जेल बसेको एसएसपी बस्नेतले बताए । लामाले चलाएको गाडी उनको आमाको नाममा रहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  ट्याक्टर दुर्घटना एकको मृत्यु ५ घाइते

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित