बिहिबार, बैशाख १७, २०८३ | Thu April 30, 2026


नवौं औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार भक्तपुर महोत्सव चैत्र २८ बाट सुरू

नवौं औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार भक्तपुर महोत्सव चैत्र २८ बाट सुरू



काठमाडौं, १४ चैत्र । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै नयाँवर्ष २०८२ र प्रसिद्ध बिस्काः जात्राको अवसरमा भक्तपुरमा महोत्सव हुने भएको छ । पत्रकार सम्मेलन गर्दै भक्तपुरको सल्लाघारीको तीनकुनेस्थित चौरमा यहीँ चैत २८ गतेदेखि २०८२ बैशाख ७ गतेसम्म महोत्सव संचालन हुने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् ।

नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव ०८१/८२ भक्तपुरमा ११ दिनसम्म संचालन हुनेछ । ‘महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, भाडाकुडाको साथै बिभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्रीहरु हुनेछन्’, अध्यक्ष महतले भने ।

औद्योगिक उत्पादनको प्रर्दशनी, सूचना तथा विज्ञान प्रविधिको प्रर्दशनी, अटो मोबाइल प्रर्दशनी, आधुनिक कृषि औजार प्रर्दशनी तथा विक्री हुनेछ । मोबाईल तथा ईलेक्ट्रोनिक्स सामानको व्यापार तथा प्रर्दशनी एवं बिक्रीका लागि स्टलहरु रहनेछ ।
महोत्सवका संयोजक दीपक थापाका अनुसार महोत्सव स्थलमा स्थानिय हस्तकला, कृषि उत्पादनलाई समेत समावेश गर्ने तयारी आयोजको रहेको छ । महोत्सवमा साना बालबालिकाहरुकोलागि बाल उद्यान, ड्रागन ब्रेक डान्स, नाउ तथा विभिन्न प्रकारका बच्चाको खेलौना स्थलहरु साथमा रोटे पिङ्ग, रेनजर, मारुती सर्कस समेत संचालन हुने संयोजक थापाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

पर्यटकीय गतिविधि, स्थानिय खाना महोत्सवका साथै दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती हुनेछ । राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्य व्यङ्ग्य तथा फेशन र्‍याप तथा नृत्यहरु, नृत्य प्रतियोगिताले महोत्सव थप आकर्षण बन्ने आयोजकले विश्वास लिएको छ । मेलामा बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको र महोत्सवमा १ सय ५० स्टल रहने संस्थाका कोषाध्यक्ष प्रीतम मल्लले जानकारी दिए ।

मल्लका अनुसार करिब पाँच लाख भन्दा बढी उपभोक्ताले महोत्सव अवलोकन गर्ने महोत्सवलाई व्यवस्थित गर्न ५० रूपैयाँ र ८० रूपैयाँ प्रवेश शुल्कको व्यवस्था गरिएको छ । यद्यपी विद्यार्थी ५० प्रतिशत र जेष्ठ नागरिकलाई सतप्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए । साथै बैशाख १३ गते सोही स्थानमा चर्चित गायक गायिकाहरुको प्रस्तुति रहने भक्तपुर सांगीतिक साँझ–२०८२ को समेत आयोजना गर्न लागेका संस्थाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  घाउ ड्रेसिङ गर्ने बहानामा फार्मेसी सञ्चालकलाई बोलाएर हनी ट्रयापमा पार्ने तीन जना पक्राउ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित