बिहिबार, असार ११, २०८३ | Thu June 25, 2026


राजावादीले गरेको आगजनीमा परी एभिन्यूज टेलिभिजनका फोटो पत्रकारको मृत्यु

राजावादीले गरेको आगजनीमा परी एभिन्यूज टेलिभिजनका फोटो पत्रकारको मृत्यु



काठमाडौं, १५ काठमाडौं । राजावादीको आन्दोलनका क्रममा आगजनीमा परी एभिन्यूज टेलिभिजनमा कार्यरत फोटो पत्रकारको मृत्यु भएको छ । प्रदर्शनकारीले तीनकुनेस्थित एक घरमा तोडफोड गर्दै आगजनी गरेका थिए । सो क्रममा फोटो/भिडियो खिच्न पुगेका सुरेश रजकको आगोले जलेर मृत्यु भएको हो । उनी चौथो तलामा पुगेर दृश्य लिइरहेका थिए ।

एभीन्युज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकारले टीभीका लागि लाइभ गर्दागर्दै उनी आगोमा परेको बताए । ‘प्रहरीलाई पटकपटक फोन गर्दा पनि समन्वय हुन सकेन,’ उनले भने । नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले आगलागी भएको चौथो तलामा पत्रकार रजकको शव भेटिएको पुष्टि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  एमाले ११ औं महाधिवेशनको तयारी पुरा , उद्घाटनस्थलमा तीन लाखको सहभागिता पत्रकार सम्मेलनमा जानकारी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित