शनिबार, असार १३, २०८३ | Sat June 27, 2026


पत्रकार रजकको हत्या विरोधमा पत्रकारको प्रदर्शन

पत्रकार रजकको हत्या विरोधमा पत्रकारको प्रदर्शन



काठमाडौं, १६ चैत्र । पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा पत्रकारहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । पत्रकार महासंघको आयोजनामा  शनिबार बिहान माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो ।

उनीहरुले हत्यारालाई पक्राउ गरी कडा भन्दा कडा कारबाहीको माग गरेका छन् । एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजकको शुक्रबार राजावादी पक्षधरले गरेको आन्दोलनमा भिडिओ खिच्ने क्रममा घरभित्र जलेको अवस्थामा शव भेटिएको थियो ।

कार्यकर्ताहरुले तिनकुनेको एक घरमा आगजनी गरेको थिए । सोही घरबाट भिडिओ खिचिरहेका रजकलाई गेटमा ताल्चा लगाइदिएर भित्रै थुनेका थिए । सोही क्रममा जलेर उनको मृत्यु भएको हो । बिरोध कार्यक्रममा पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, महासचिव रामप्रसाद दहाल लगायतले हत्यारालाई कारबाही र पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस   प्रदेश नं १ का मन्त्री थापा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित