शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


उप प्रमुख डंगोल, वडा अध्यक्ष र कार्यरत कर्मचारीको पहलमा ताल्चा फुटाएर महानगरको जिम्मेवारीमा फर्किए कार्यकारी अधिकृत गुरागाईं

उप प्रमुख डंगोल, वडा अध्यक्ष र कार्यरत कर्मचारीको पहलमा ताल्चा फुटाएर महानगरको जिम्मेवारीमा फर्किए कार्यकारी अधिकृत गुरागाईं



काठमाडौं, २१ चैत । काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले लगाएको ताल्चा फुटाएर प्रमुख प्रशाशकीय अधिकृत सरोज गुरागाईं काठमाडौं महानगरको कार्यकारी अधिकृतको जिम्मेवारीमा फर्किएका छन । महानगर प्रमुख साहले लगाएको ताल्चा उप प्रमुख सुनिता डंगोल, वडा अध्यक्ष र कार्यरत कर्मचारीको पहलमा ताल्चा फुटाएर प्रमुख प्रशासकीय अधिकृत गुरागाईं आफ्नो कार्यकक्षमा प्रवेश गरेको हो ।

प्रमुख प्रशाशकीय अधिकृत गुरागाईंलाइ कार्यालय प्रवेश गर्न नदिन राजु पाण्डेको नेतृत्वमा महानगरीय प्रहरी खटाए पनि अन्ततः जनप्रतिनिधि र कर्मचारीको अगाडी केही लाग्न सकेनन । आफ्नो कार्यालय प्रवेश संगै प्रमुख प्रशाशकीय अधिकृत गुरागाईंलाइ महानगरमा यसअघि झन्डै चार महिना देखी रोकिएको तलब शुक्रबार देखी नै निकासा हुने बताए ।यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्ष प्रवेश गराउने क्रममा काठमाडौं महानगरमा कर्मचारी र नगरप्रहरीबीच झडपको स्थिति सिर्जना भएको थियो ।

काठमाडौं महानगर प्रमुख साहले गुरागाईँलाई रोक्नका लागि उनको कार्यकक्षमा ताला लगाएर नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा नगरि प्रहरी परिचालन गरेपनि उपमेयर सुनिता डंगोलसहित सफाइ र प्रशासनका कर्मचारी गुरागाईँको स्वागतका लागि तयारी अवस्थामा बसेका थिए ।  समग्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँको स्वागत र निषेधको अवस्था महानगरपालिका कार्यालयमा रहदाँ स्थिति असमान्य बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  ढोरपाटनका मेयर नेपाली नयाँदिल्लीबाट पक्राउ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित