शुक्रबार, जेष्ठ १०, २०८२ | Fri May 23, 2025


भारतीय एम्बुलेन्सबाट ठूलो परिणामको लागुऔषध बरामद

भारतीय एम्बुलेन्सबाट ठूलो परिणामको लागुऔषध बरामद



ललितपुर, २३ चैत । ललितपुर प्रहरीले बागमती गाउँपालिका–३ छपेलीबाट भारतीय नम्बर प्लेटको एम्बुलेन्समा ठूलो परिणामको लागूऔषध बरामद गरेको छ ।

वीरगन्जबाट कान्तिलोकपथ हुँदै काठमाडौँ आउँदै गरेको बिआर ०५ प ०४२१ नम्बरको एम्बुलेन्समा प्रहरी चौकी भट्टेडाँडा चेकपोस्टबाट खटिएको प्रहरीले लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरहरि रेग्मीले जानकारी दिए।

एसपी रेग्मीका अनुसार शनिबार १: ५५ बजे भट्टेडाँडा छपेलीस्थित नियमित जाँचका क्रममा वीरगन्जबाट काठमाडौं तर्फ तिव्रगतिमा आइरहेको एम्बुलेन्सबाट ९४ हजार ८० वटा ट्याब्लेट ट्रामाडोल बरामद गरिएको हो । एक पत्तामा ३० क्याप्सुल भएको ट्रामाडोल क्याप्सुल १ हजार ८ सय पत्ता ५४ हजार क्याप्सुल, एक पत्तामा २० क्याप्सुल भएको ट्रामाडोल क्याप्सुल २ हजार ४ पत्तामा ४० हजार ८० क्याप्सुल गरि ९४ हजार ८० वटा क्याप्सुल बरामद भएको हो ।

प्रहरीले एम्बुलेन्ससहित  एम्बुलेन्स चालक भारत विहार प्रान्त पूर्वी चम्पारण मोतिहारी जिल्ला रक्सौल नगर वार्ड नं. ५ पछियाटोलका २२ वर्षीय मोहम्मद उमर सिद्दिकी, भारत विहार प्रान्त पूर्वी चम्पारण मोतिहारी जिल्ला टुमरिया ग्राम पञ्चायत वार्ड नं. ५ का २० वर्षीय समिर आलम, भारत विहार प्रान्त, पूर्वी चम्पारण, मोतिहारी जिल्ला राजाबजार नगर वार्ड नं. ३३ स्थायी वतन बताउने वर्ष ३३ को मोहम्मद मुन्ना अन्सारी, भारत विहान प्रान्त पूर्वी चम्पारण, मोतिहारी जिल्ला पलानवा ग्राम पञ्चायत वार्ड नं. ९ का ४५ वर्षीय नोर्जान खातुन पक्राउ गरेको छ । बरामद एम्बुलेन्स, लागुऔषधसहित पक्राउ परेका व्यक्तिहरु उपर प्रहरी वृत्त चापागाउँबाट अनुसन्धान भइरहेको एसपी रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  गणित उद्यान सुरु

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित