काठमाडौं, २२ वैशाख । प्रहरीले स्रोत नखुलेको ९५ लाख १७ हजार ५ सयसहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार काठमाडौं महानगरपालिका-९ पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडि सडकमा २ वटा मोटरसाइकलमा सवार उनीहरुलाई रकमसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काठमाडौं, तार्केश्वर नगरपालिका-३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरी सप्तकोशी नगरपालिका-१ का ४३ वर्षीय गणेश राई, लमजुङ दोर्दी गाउँपालिका-३ का ३१ वर्षीय सन्तोष गुरुङ र ३९ वर्षीय सन्तोष घिमिरे छन् । बरामद रकम र पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1