ल्बदबचबव कभलत ड उजयतयक
द्दस्द्दट एः
ल्बदबचबव
वागमती प्रदेशले योग समन्वय समिति मार्फत योग जागरणका कार्यक्रम सञ्चालन गर्ने
भक्तपुर
स्वास्थ्य मन्त्रालय,वागमती प्रदेशले योग समन्वय समिति मार्फत प्रदेशभित्र योगजागरण अभियानका गतिविधि सञ्चालन गर्ने भएको छ । वागमती प्रदेश,स्वास्थ्य मन्त्रालयका माननीय मन्त्री किरण थापाले ११ औ विश्व योग दिवसको अवसरमा योग जिल्ला समन्वय समिति भक्तपुरद्धारा आयोजित दिवसीय कार्यक्रममा सो कुरा उल्लेख गरेका हुन् ।
स्वास्थ्य मन्त्रालयले योगका गतिविधि सञ्चालन गर्ने संघसंस्था सम्मिलित एक समन्वय समिति तत्काल गठन गरि मातहत रहेका सरकारी कार्यालय एवं स्थानीय सरकारको समन्वय र सहकार्यमा योग जागरणका कार्यक्रम सञ्चालन गर्ने गरि प्रदेश नीति तथा कार्यक्रममा जोडिएको मन्त्री थापाले बताए ।
योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष विजेन्द्र ध्वजुको अध्यक्षतामा भएको दिवसीय कार्यक्रममा समन्वय समितिका मानार्थ सदस्य एवं सल्लाहकार बालमुकुन्द सुवालले सिगो पृथ्वी र मानव स्वास्थ्यको लागि योग विषयमा चर्चा गरेका थिए ।
योग जिल्ला समन्वय समिति भक्तपुरक सचिव नबराज काफ्लले सञ्चालनमा भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका स्थित बालकुमारीमा भएको कार्यक्रममा नेपालको प्रथम योगीनी महिला राधिका भट्टाराई,सल्लाहकार नयनसिंह धामी,जिल्ला भित्रका यौगिक संस्थाका प्रतिनिधि लगायत ५ सयभन्दा बढी योगप्रेमीजनको विशेष उपस्थिति रहेको थियो ।

