मङ्लबार, जेष्ठ ५, २०८३ | Tue May 19, 2026


बीर अस्पतालको १३६ ओैं स्थापना दिवसको अवसरमा आज सूर्यविनायक नगरपालिका–७ गुण्डुमा आयोजना गरेको बृहत निःशुल्क स्वास्थ शिविरमा एक हजार ४६३ जनाको स्वास्थय परीक्षण गरिएको छ ।

बीर अस्पतालको १३६ ओैं स्थापना दिवसको अवसरमा आज सूर्यविनायक नगरपालिका–७ गुण्डुमा आयोजना गरेको बृहत निःशुल्क स्वास्थ शिविरमा एक हजार ४६३ जनाको स्वास्थय परीक्षण गरिएको छ ।



भक्तपुर, ९ साउन ः बीर अस्पतालको १३६ ओैं स्थापना दिवसको अवसरमा आज सूर्यविनायक नगरपालिका–७ गुण्डुमा आयोजना गरेको बृहत निःशुल्क स्वास्थ शिविरमा एक हजार ४६३ जनाको स्वास्थय परीक्षण गरिएको छ ।
गुण्डुस्थित हिमाल एकेडेमीमा आयोजना गरिएको शिविरमा बीर अस्पतालका डा. दीलिप शर्माको नेतृत्वमा आएका बिभिन्न २६ रोगका ३५ जना विशेषज्ञ चिकित्सिक एवं स्वास्थ्यकर्मीहरुको टोलीले विरामीके स्वास्थ्य परीक्षणमा गरेको गुण्डुका वडाध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिनुभयो ।
उहाँले एक हजार ४६३ सेवाग्राहीले एकै ब्यक्तिहरुले बिभिन्न रोगको स्वास्थ्य जाँच गराउदै कूल चार हजार ५३१ वटा सेवा लिएको र शिविरमा निःशुल्क औषधि वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
शिविरमा सामान्य चिकित्सा सेवा, पेट रोग, मुटु रोग, छाती एवं फोक्सो रोग, नशा रोग, मानसिक रोग, सुगर, थाईराइड रोग, कलेजो रोग, सामान्य शल्यक्रिया, नाक, कान, घाँटी, आँखा, छाला, दन्त, हाडजोर्नी, स्त्री रोग, बाल रोग, क्यान्सर रोग, मिर्गौला रोग, दीर्घ दुखाई, प्रयोगशाखा, ईसिजि, भिडियो एक्सरे, काउन्सिलिङ्ग, यूरोलोजी, जेष्ठ नागरिक सेवालगायतका बिभिन्न सेवाहरु प्रदान गरिएको थियो । विरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  शिक्षामन्त्री र आन्दोेलित शिक्षकहरू वार्तामा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित