बिहिबार, असार ११, २०८३ | Thu June 25, 2026


वागमती प्रदेश पूर्ण खोप सुनिश्चितता, टेलिमेडिसिन हव, वागमती डिजिटल हेल्थ सेवा प्रधानमन्त्री ओलीद्धारा उद्घाटन हुदै, तयारी पुरा

वागमती प्रदेश पूर्ण खोप सुनिश्चितता, टेलिमेडिसिन हव, वागमती डिजिटल हेल्थ सेवा प्रधानमन्त्री ओलीद्धारा उद्घाटन हुदै, तयारी पुरा



भक्तपुर, १५ साउन ः वागमती प्रदेश स्वास्थ्य मन्त्रालयले वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने भएको छ । आज भक्तपुरको गठ्ठाघरस्थित कार्यक्रमस्थलमा प्रदेश स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले गठ्ठाघरमा शुक्रबार आयोजना गर्ने  घोषणा कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा प्रदेश स्वास्थ्य मन्त्री किरण थापाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रदेशस्तरीय पूर्ण खोप सुनिश्चितता घोषणा, वागमती डिजिटल हेल्थ सेवा र टेलिमेडिसिन हवको एकैसाथ उद्घाटन गर्ने गरि तयारी पुरा भएको जानकारी दिनुभयो । वागमती प्रदेशका १३ वटा जिल्लालाई गत असार ३० गतेसम्ममा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिसकेकाले प्रदेश पनि घोषणा गर्न लागेको बताउदै उहाँले अब कोही पनि बालबालिका खोपबाट बञ्चित नहुने  बताउनुभयो ।
त्यसैगरि मन्त्रालयले टेलिमेडिसिन हवका माध्यमबाट प्रदेशका अस्पतालहरुमा २४ सै घण्टा विशेषज्ञ सेवा प्रदान गर्ने भएको छ । उहाँले भोली साउन १६ गते प्रधानमन्त्रीबाट उद्घाटन भएसंगै भक्तपुर अस्पताल र दन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौडाबाट यो सेवा सुरु गर्ने बताउनुभयो ।  क्यामरा जोडेर स्क्रिनको माध्यमबाट डाक्टरको अगाडि स्क्रिन राखी सम्बन्धित अस्पतालको विरामीको अबस्था र रोगकाबारेमा सबै जानकारी गराएर विशषज्ञ चिकित्सकले टेलिस्क्रिन मार्फत नै निर्देश गर्दै उपचार गराउने उहाँले बताउनुभयो । यो सवा अन्य अस्पतालमा पनि बिस्तार गर्ने उहाँको भनाई छ ।
मन्त्रालयले वागमती डिजिटल हेल्थ सेवा पनि शुभारम्भ गर्ने भएको छ । यसमा विरामीले घरमै बसेर अस्पतालको अबस्थाबारे जानकारी लिन सक्ने छन् । मन्त्री थापाले भन्नुभयो, “वागमती डिजिटल हेल्थ सेवाका लागि मोवाइल एप्स् निर्माण गरिएको छ । अब आमनागरिकले आफ्नो घरमै बसेर एप्स्को माध्यमबाट कुन अस्पतालमा शय्या कति खाली छन्, वा खाली छ कि छैन । आफूले खोजेको सेवाका लागि कुन अस्पतालमा सहज हुन्छ, कुन अस्पतालमा भीड छ, कुन अस्पतालमा कति विरामी छन्, टिकट छ कि छैन सबै एप्स्बाटै हेर्न मिल्छ । यसले विरामीलाई आफूले खोजेको सेवा लिन सहज हुनेछ ।”
वागमती प्रदेश मन्त्रालयले एप्सबाटै १३ वटै जिल्लाको अस्पतालहरुमा दिनभर कति संख्यामा विरामी आए, आकस्मिकमा कति, ओपिडीमा कति, भर्ना भएका कति, कति फर्किए, टिकट कतिवटा गयो, कुन विरामीलाई कुन औषधि कति बिक्री भयो, कति रकम ंकलन भयो, को कर्मचारी विदामा छन्, सबै मन्त्रालय वा जुनसुकै ठउँमा बसेर पनि हेर्न सकिने उहाँले बताउनुभयो ।
त्यसैगरि अब ल्याबको रिपोर्ट लिन अस्पताल धाउनु नपर्ने  भएको छ । ल्याबको रसिद काट्दा नै रसिदमै क्यआर कोड दिने र त्यसैबाट ल्याबको रिपोर्ट घरमै बसेर हेर्न र प्रिन्ट गरेर निकाल्न सकिने गरि व्यबस्था गरेको उहाँले बताउनुभयो ।  मन्त्रालयले अस्पतालको सेवामा सेवाग्राहीले गुनासो राख्न सक्ने गरि इगुनासो (भ्नगलबकय) एपस् पनि सार्वजनिक गर्ने भएको छ । यसमा सेवाग्राहीले घरमै बसेर क्यूआर कोडबाटै गुनासोको फोटो, भिडियो, अडियो, अक्षर लेखेर र आवाजबाट गुनासो पठाउन सकिने गरि व्यबस्था गरेको उहाँले बताउनुभयो ।
साथै प्रदेश मन्त्रालयले प्रदेश अन्तर्गतको अस्पतालहरुमा फास्टट्रयाक ओपिडी सेवा पनि सञ्चालनमा ल्याउने भएको छ । मन्त्रालयले वागमती प्रदेश भरिका पत्रकारहरुलाई स्वास्थ्य बिमामा समेट्ने भएको छ । मन्त्री थापाले प्रदेशका पत्रकारहरुको यसवर्षदेखि बिमाको प्रिमियम प्रदेशले स्वास्थ्य मन्त्रालयले तिरिदिने र स्वास्थ्य बिमामा पत्रकारलाई समेट्ने गरि बजेटको व्यबस्थापन गरेको बताउनुभयो ।
वागमती प्रदेश १३ वटै प्रादेशिक अस्पतालमा डायलासिस सेवा बिस्तार गर्ने उदेश्यका साथ प्रदेश सरकारले खरिद गरेको १६ वटा डायलासिस मेशिन अस्पतालहरुमा जडान गरेको बताउदै उहाँले बाँकी रहेका रसुवा, काठमाडौंकाो टोखा अस्पतालमा पनि डायलासिस मेशिन जडान गर्ने गरि तयारी गरेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्रालयको सचिव डा. सुमित्रा गौतमले वागमती प्रदेश भित्रका १३ जिल्ला ११९ स्थानीय तह, एक हजार १२१ वडाहरु र २५ सय भन्दा बढी खोप केन्द्रहरु मार्फत बालबालिकालाई पूर्ण खोप लगाएको बताउनुभयो ।
उहाँले जन्मेदेखि १५ महिनासम्मका बालबालिका र त्यो अबधीमा खोप लगाउन छुटेका १६ देखि २३ महिनाभित्रका एक लाख २८ हजार ४२१ बालबालिकालाई पूर्ण खोप लगाएकाले पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणाको तयारी गरिएका बताउनुभयो । मन्त्रालयले यो वर्ष मेरो स्वास्थ्य, मेरो जिम्मेवारी, एक घण्टा मेरो लागि अभियान, “एक जिल्ला, एक स्वस्थ सहर” र “एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था” जस्ता कार्यक्रम प्रदेशभर लागू गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिबृद्धि गर्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित