मकवानपुर, १९ साउन । वागमति प्रदेशमा नयाँ मन्त्री मण्डल गठन हुने भएको छ । मुख्यमन्त्रीमा बहादरसिंह लामाको राजिनामासंगै नयाँ मुख्यमन्त्रीको चयन प्रक्रिया अगाडि बढेसंगै नयाँ बन्ने सरकारमा सहभागि हुन सत्ताधारी दल नेपाली काँँग्रेस र एमालेले आफ्ना पार्टीको तर्फबाट मन्त्रीको जिम्मेवारी दिनेबारे आज दिनभर छलफलमा व्यबस्त भएको छ ।
जसमा नेकपा एमाले वागमती प्रदेशले आफ्नो पार्टीको तफैबाट जाने मन्त्री पदको टुड्गो लगाएको छ । नेकपा एमाले वागमती प्रदेश कमिटका अनुसार एमालेबाट वागमती प्रदेशमा स्वास्थय मन्त्री किरण थापा पुन दोहरिनु भएको छ ।
स्वाथ्य मन्त्री हुँदा विगत एक वर्षमा प्रदेशका १४ मन्त्रालयमध्ये उत्कृष्ठ कार्य गर्न सफल हुदै पार्टीको नाम उच्च राख्न फल भएको, स्वास्थ्यको क्षेत्रमा धेरै सुधारका कार्यहरु गरेको र विवादरहित ढंगले पार्टीको समन्वयमा कार्य गर्दै उत्कृष्ठ कार्य सम्पादन गरेकाले किरण थापालाई पार्टीले स्वास्थ्य मन्त्रालयमा पुन दोहर्याउने निर्णय गरेको जानकारी दिएको छ । पाटीृको भागमा परेको अन्य मन्त्रालयमा भने एमालेबाट नयाँ अनुहार जानु हुने भएको छ ।
एमालेले आफ्नो पार्टीको तर्फबाट मन्त्री हुनेको नामावली टुड्याएको छ । भोली मुख्य मन्त्रीमा नेपाली काँग्रेस संसदीय सदका नेता इन्द्र बानियाँले सफथ ग्रहण गरेलगत्तै नयाँ मन्त्रीहरुको सपथ ग्रहण हुने भएको छ । भोली मंगलबार अपरान्ह ४ बजे सपथ ग्रहण र्काक्रम तय भएको जानकारी दिएको छ । यसबारेमा मन्त्री किरण थापाले पार्टीले आफ्नो कामको मूल्यांकन गर्दै पुन स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिएको बताउनु भयो । उहाँले पार्टीको जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गर्ने र स्वास्थ्यको क्षेत्रमा आफूले एक वर्षको अन्तरालमा सुधार गरेका कार्यलाई पूर्णता दिदै लजाने बताउनुभयो ।
उहाँले एक वर्षको अन्तरालमा दूर दराजमा जहाँ स्वास्थ्का पहुँच नपुगेको बिभिन्न जिल्लाका विकट गाउँहरुमा आफै पुगेर स्वास्थ्य परीक्षा गर्ने, औष्ािध वितरण गर्ने, रोगको पहिचान र निःशुल्क उपचार गर्ने, प्रदेशस्तरीय अस्पतालहरुमा क्षमता अभिबृद्धि गर्ने, उपकरण मैत्री बनाउने, जनशक्तिहरु थप गर्ने लगायतका उल्लेख्य कार्यहरु गर्दै आउनु भएको छ ।
यता नेपाली काँग्रेसको तर्फबाट भने मन्त्री बन्नेको नामावली धरै आएपछि आज रातीसम्म नाम टुड्याउन सकेको छैन । एक मुख्यमन्त्रीसहित ७ मन्त्री पाएको नेपाली काँग्रेसले भने अझै मन्त्रीको नामावली टुङ्याउन नसकेको र त्यसबारेमा पार्टी भित्र छलफल भइरहेको काँग्रेस नेताले जानकारी दिएको छ । मन्त्रीको आकांक्षी धेरै भएपछि काँग्रेसलाई मन्त्रीको नाम ट्ड्याउन सकस भएको छ । यद्यपी भक्तपरबाटै काँग्रेसको तर्फबाट सुरेश श्रेष्ठ मन्त्री हुनेमा पक्का भएको भएको श्रोतले बताएको छ ।

