शनिबार, चैत्र १४, २०८२ | Sat March 28, 2026


नवनियुक्त स्वास्थ्य मन्त्री किरण थापाद्धारा पदभार ग्रहण लगत्तै तीन महत्वपूर्ण निर्णय

नवनियुक्त स्वास्थ्य मन्त्री किरण थापाद्धारा पदभार ग्रहण लगत्तै तीन महत्वपूर्ण निर्णय



हेटौडा, २० साउन । वागमति प्रदेशका नवनियुक्ती स्वास्थ्यमन्त्री किरण थापाले पदभार ग्रहणसँगै गरे महन्वपूर्ण तीन निर्णय गर्नु भएको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा दाहोरिनु भएका किरण थापाले आज पदभार ग्रहणसँगै उहाँले डिजिटल स्वास्थ्य क्षेत्रमा रूपान्तरणका लागि तीन महत्त्वपूर्ण निर्णय गरेका मन्त्री थापाले अनलाइन एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) मार्फत आज यी निर्णय गर्नु भएको हो ।

निर्णयअनुसार प्रदेशमा विद्युतीय स्वास्थ्य आपतकालीन प्रतिकार्य प्रणाली विकास गरिने भएको छ। यसले स्वास्थ्य सेवा प्रणालीलाई व्यवस्थित, छिटोछरितो र प्रभावकारी बनाउन मद्दत गर्ने मन्त्री थापाले जानकारी दिनुभयो । यस प्रणालीले अस्पताल सेवामा सुधार ल्याउने र स्वास्थ्य सेवा प्रवाहलाई तीव्र बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

स्वास्थ्य मन्त्रालय र मातहतका निकायका सवारीसाधनमा जिपिएस प्रणाली जडान गरी व्यवस्थापन र समन्वय सुदृढ गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । साथै, प्रदेशभरका आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) णाली लागू गर्ने निर्णय पनि गरिएको छ।

मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले यी निर्णयलाई बागमती प्रदेशको डिजिटल स्वास्थ्य क्षेत्रमा रूपान्तरणतर्फको महत्त्वपूर्ण कदम भएको बताइन्। यसअघि २०८१ साउन ९ गते स्वास्थ्य मन्त्री नियुक्त हुनु भएका थापा पुनः नवगठित इन्द्रबहादुर बानियाँ नेतृत्वको मन्त्रिपरिषदमा पनि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा पाउनु भएको छ ।

एक वर्षको अबधीमाउहाँले मन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा आमूल परिवतन गर्नुका साथै प्रदेशका १३ वटै जिल्लामा रहेको प्रदेशस्तरीय अस्पतालको सेवामा बृद्धि गरेको थियो ।
प्रदेश अस्पतालहरुमा उपकरण, जनशक्ति र सेवाहरु थप गर्नु भएको थियो । गुणस्तरीय सेवा बिस्तारका साथै दूर्गम क्षेत्रका बस्तीमै गएर स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  बीर अस्पतालको १३६ ओैं स्थापना दिवसको अवसरमा आज सूर्यविनायक नगरपालिका–७ गुण्डुमा आयोजना गरेको बृहत निःशुल्क स्वास्थ शिविरमा एक हजार ४६३ जनाको स्वास्थय परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित