भक्तपुर, ११ भदौ : उपत्यकाका चार विनायक गणेश मध्येको सूर्यविनायक गणेश मन्दिरको मुख्यद्धारको प्राङ्गनमा सिंगारिएर राखिएको चाँदीको गणेशको मूर्ती, त्यस मूीर्तको अगाडि बिभिन्न चौरासी व्यञ्जनका परिकार, बोको र राँगोको बलि दिएको टाउँकोसहित चढाईएको ।

मूल पुजा र स्थानीयको पूजा सम्पन्न गरेसंग मूर्तिको खटमा राखेर पूजा गरेसंगै खटको बासँमा एकातिर वागमति प्रदेशका स्वास्थ् मन्त्री एवं स्थानीयवासी किरण थापा, अर्को प्रतिनिधिसभा सांसद एवं काँग्रेस जिल्ला सभापति दूर्लभ थापा, अर्कोतर्फ सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटालगायतले गणेश बिराजमान खट काँधमा राखेर टोल परिक्रमा गराएर सुरु भएको सूर्यविनायक गणेश खट जात्रा साँझ गणे मन्दिरमा आरती गरेसंगै सम्पन्न भएको छ ।

जात्रामा एमाले जिल्ला अध्यक्ष बचन देउजा, नेपाली कांग्रेस सूर्यविनायक नगर सभापति निशान ढुंगेल, नगरपालिकाका वडाध्यक्षहरु वडा नंं १ सानुकाजी कायस्थ, वडा नंं २ का प्रदीप कार्की, वडा नंं ३ का दिपेन्द्र केसी, वडा नंं ६ का वडाध्यक्ष ईश्वर खडका, ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, वडा नंं ९ का वडाध्यक्ष भगवान खत्री, चाँगुनारायण नगरपालिका वडा नं. ४ का वडाध्यष रोजबहादुर तामाङ्गसहित जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, स्थानीय अगुवा, युवा तथा महिला स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो । जात्रामा बिभिन्न दलका नेताहरु, पूर्वमन्त्री एवं नगरपालिकाका जनप्रतिनिधि र ठूलो संख्यामा स्थानीवासीो सहभागिता रहेको थियो ।

भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात भगवाण गणेशको जन्मोत्सवको अवसरमा आज सूर्यविनायक नगरपालिका वडा नं. ६ र ८ का बासिन्दाले बिहान सूर्यविनायक गणेश मन्दिरमा भव्य पूजा गरि मूल गणेशको मूर्तीलाई खटमा बिराजमान गराई सुरु भएको रथ जात्रा दिनभर बिभिन्न टोलको परिक्रमा गरि साँझ पुनः मन्दिरमा ल्याएर पूजा एवं आरती गरि बिसर्जन गरिने सूर्यविनायका नगरपालिका–८ का वडाअध्यक्ष तथा सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पुर्खाले मनाउदै आएको गणेश रथ जात्रा आर्थिक श्रोत नहुँदा वर्षौदेखि रोकिएको थियो, विगत तीन वर्षबाट सुरु भएको यो जात्रा यस वर्ष हजारौ स्थानीयको सहभागितामा सिन्दुर खेल्दै रथ टोल टोल पुर्याएर हर्षोल्लासका साथ मनाउने गरिन्छ ।” वडा नं. ६ र ८ कार्यालयको आर्थिक सहयोगमा जात्रा सञ्चालन गर्दै आएको छ ।
गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहन गरी सिन्दुर जात्रा गर्दै मन्दिरको पश्चिम तर्फ राजथला टोलसम्म, पूर्व तर्फ चालिसे गाँऊ गहनादेवी मन्दिरसम्म, उत्तर तर्फ सूर्यविनायक चोक अरनिको राजमार्गसम्मको टोल टोलमा घुमाएर पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गरिएको हो ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

