बिहिबार, असार ११, २०८३ | Thu June 25, 2026


स्वास्थ्य मन्त्री किरण थापाद्दारा डिजिटल अटोमेटिक रक्तचाप परीक्षण यन्त्र हस्तान्तरण

स्वास्थ्य मन्त्री किरण थापाद्दारा डिजिटल अटोमेटिक रक्तचाप परीक्षण यन्त्र हस्तान्तरण



हेटौडा, १३ भदौ । वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले पाँचवटा निकायलाई डिजिटल अटोमेटिक रक्तचाप परीक्षण यन्त्र हस्तान्तरण गर्नु भएको छ ।

हेटौडामा आज आयोजना गरेको डिजिटल अटोमेटिक रक्तचाप परीक्षण यन्त्र हस्तान्तरण कार्यक्रममा मन्त्री थापाले बागमती प्रदेश सभालाई एक थान, .जिल्ला प्रशासन कार्यलय मकवानपुरलाई एक थान, जिल्ला समन्वय समिति भक्तपुरलाई एक थान, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई एक थान र.केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा बिकाश समिति भक्तपुरलाई एक थान डिजिटल अटोमेटिक रक्तचाप परीक्षण यन्त्र हस्तान्तरण गर्नु भएको हो ।

हस्तान्तरण कार्यक्रममा मन्त्री थापाले सहज स्वास्थ्य परीक्षण एवं रक्तचाप परीक्षणमा उच्च प्रबिधिको यो मेशिन हस्तान्तरण गरेको बताउदै यसल सम्बन्धित निकायको व्यक्तिहरुलाई रक्तचाप मापन गर्न सहज हुने विश्वमस व्यक्त गर्नभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1
यो पनि पढ्नुहोस  धार्मिक पर्यटनका लागि सूर्यविनायकमा शिव सर्किट निर्माण

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित