शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


आन्दोलनमा अस्ताए ग्लोबल कलेजमा १२ कक्षा अध्ययनरत श्रीयम

आन्दोलनमा अस्ताए ग्लोबल कलेजमा १२ कक्षा अध्ययनरत श्रीयम



काठमाडौं । ग्लोबल कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी श्रीयम चौंलागाईंको आज जेनजी आन्दोलनमा प्रहरीको गोली लागि दु:खद निधन भएको छ । उनी कलेजबाट घर फर्किने क्रममा आन्दोलनमा मिसिएका थिए ।

ग्लोबल कलेजमा ११ बजेसम्म बिहानीको कक्षा पढिसकेर पेप्सीकोलास्थित घर फर्किने क्रममा श्रीयम आन्दोलनमा संलग्न भएको बुझिएको छ । उनीसँग एक साथी थिए । कलेजबाट बस चढेर आएका उनीहरु दुवै बानेश्वर नजिक ओर्लिए । कलेज स्रोतले भन्यो, ‘उनीहरु आन्दोलनमा जाने भनेर सल्लाह गरेर नै आएका रहेछन् । बाटोमा काम छ भनेर ओर्लिए ।’

श्रीयमको ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको जानकारी प्राप्त भएको कलेजका प्रिन्सीपल अम्बादत्त जोशीले बताए । श्रीयमलाई कहाँ कसरी गोली लाग्यो भन्ने खुल्न सकेको छैन । उनी विद्यालयको पोशाकमा थिए । प्रिन्सीपल जोशी भन्छन्, ‘कलेजबाट गइसकेपछि विद्यार्थीहरु कता जान्छन् भन्ने हाम्रो जानकारीमा हुँदैन । हामीले विद्यार्थीहरुलाई आन्दोलनतिर नजानु भनेर भनेका चाहिँ थियौं ।’

सामाजिक सञ्जालमा अहिले श्रीयमको भनेर आन्दोलनमा सँगै गएका उनका साथीको फोटो सेयर भइरहेको छ । अर्का बालक भने सकुशल रहेको प्रिन्सीपल जोशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  मानव कल्याण समाजका बालबालिका र अभियन्तालाई सामुहिक टिका

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित