शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


जेनजी प्रदर्शन : १९ को मृत्यु, ४२२ जना घाइते

जेनजी प्रदर्शन : १९ को मृत्यु, ४२२ जना घाइते



काठमाडौँ, २३ भदौ । सोमबार देशका विभिन्न ठाउँमा भएको जेनजी प्रदर्शनबाट  १९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ ८ बजेसम्म देशभरिका विभिन्न अस्पतालबाट सङ्कलन गरेको तथ्यांक अनुसार जेनजी आन्दोलनबाट ४२२ जना घाइते हुनुका साथै  १९ जनाको ज्यान गएको छ ।

सिभिल सेवा अस्पतालमा १७० जना घाइते उपचारत छन्  भने  तीनजनाको मृत्यु भएको छ। एभरेस्ट अस्पतालमा १०२ जना घाइते उपचारत छन् भने तीन जनाको मृत्यु भएको छ।

यस्तै, नेशनल ट्रमा सेन्टरमा आठजना घाइतेको मृत्यु भएको छ भने  ५९ जना घाइते उपचाररत छन् ।  काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा ३१ जना घाइतेमध्ये सात जनालाई डिस्चार्ज गरिएको छ भने दुई जनाको मृत्य भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १८ जना घाइते उपचारत छन् भने एक जनाको मृत्यु भएको छ ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना घाइते मध्ये दुईजनाको  मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अन्य अस्पतालहरूमा पनि केही घाइतेहरू उपचाररत छन् भने केहीलाई डिस्चार्ज गरिएको छ। हालसम्म ४२२ घाइतेमध्ये १० जनालाई डिस्चार्ज  गरिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  उपनिर्वाचनका लागि आइतबार सार्वजनिक बिदा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित