भक्तपुर, १३ असोज : प्रसिद्ध भक्तपुरको तलेजु भवानीलाई आज शुभसाइतमा दशैंँ घर भित्रयाएर तुलजा यात्रा सम्पन्न भएको छ । तुलजा यात्राको क्रममा आज शुभसाइतमा श्री तलेजु भवानीलाई मूल चोक दक्षिण देवगृहबाट मूल चोकको पश्चिम कुमारी चोकस्थित दशैंँघरमा भित्रयाईएको छ ।
राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीहरुले तलेजु भवानी सहित अन्य देवीदेवतासमेत दशैं घर भित्रयाईएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । तलेजु यात्राका क्रममा १९ जना पुजारीहरुसमेतले जामा, पगरी, भोटो, खास्टोसहितको पुरातन पोशाक लगाएर देवी देवतालाई बोकेर दशैंघर भित्रयाइएको हो । धिमे बाजा, खिः बाजा र भजन सहित तुलजा यात्रा गर्ने क्रममा मूलचोकमा तुलजा भवानीको दर्शन गर्न स्थानीयको भीड लागेको थियो ।
मूल नाइके जोशीले राज प्रतिनिधि स्वरुप नेपाली परम्परागत पोशाक लगाएर खड्ग बोकी यात्रा सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो । दशैंघरमा भित्रर्याइएको आज सप्तमीदेखि विजयादशमीको दिनसम्म चार दिन तलेजु एवं अन्य देवता घरमा राखिने परम्परा रहेको छ ।
विजयादशमीको दिन देवी बिसर्जन गरेपछि तलेजुलाई टीका तथा जमरा लगाउने कार्य सम्पन्न भएसंगै कुमारी चोकस्थित दशैंघरबाट मूलचोकको दक्षिण देवगृहमै भित्रयाउने परम्परा रहेको उहाँले जानकारी दिनुभयो । तलेजुमा ऋग्वेद, यर्जुवेद, अथर्ववेद र सामवेदलगायतको पाठ गरएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

