शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


प्रतिनिधिसभा पुनर्स्थापना एक मात्र बिकल्प : एमाले अध्यक्ष ओली

प्रतिनिधिसभा पुनर्स्थापना एक मात्र बिकल्प : एमाले अध्यक्ष ओली



भक्तपुर, २३ असोज । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्र? केप शर्मा ओलीले अबको एक मात्र बिकल्प र्ससद पुर्नथापना मात्रै भएको बताएका छन् । जेन–जी विद्रोहपछि पार्टी कमिटीले आयोजना गरेको औपचारिक सभामा ओली पहिलो पटक सहभागी भएर बोल्दै उहाँले असंबैधानिक सरकारले केही गर्न नसक्ने र केही गर्न नमिल्ने भन्दै समस्याको समाधान र निकास अब एक मात्र बिकप्ल संसद पुर्नस्थापना भएको बताएका हुन् ।

बिहीबार एमाले भक्तपुरले गुन्डुमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै ओलीले कार्की नेतृत्वको अन्तरिम सरकारमाथि खनिए। पहिलो कुरा उनले कार्की सरकार बलमिचाइँबाट बनेको भनेर टिप्पणी गरे।

‘अहिले देशको स्थिति असाधारण, असामान्य रहेको छ। किनभने अहिले सरकार संविधान अनुसार बनेको छैन। बलमिचाइँले बनेको छ’, ओलीले भने। प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री बन्नु अगावै असंवैधानिक सर्त राखेको पनि ओलीले आरोप लगाए। ‘संसद् तुरुन्तै शपथ ग्रहण गरेर भङ्ग गर्छु, त्यो मान्य भए मात्र प्रधानमन्त्री बन्छु नभए जेन(जीले आगो बाल्छ। भनेर पूर्व सर्त राखेर उहाँ प्रधानमन्त्री बन्नुभएको हो,’ ओलीले भने, ‘संसद् भङ्ग गर्ने पूर्व शर्त राखेर सार्वभौमसत्ता सम्पन्न जनताको सर्वोच्च प्रतिनिधि संस्थाको अन्त्य गरेर, लोकतन्त्रको जग भत्काउने सर्तमा सुशीला कार्कीजी प्रधानमन्त्री हुनु भयो ।’

वर्तमान सरकार राष्ट्रपतिबाट चुनावको म्यान्डेट लिएर आए पनि चुनाव गराउनेमा इमानदार नभएको पनि ओलीले दाबी गरे। ‘चुनाव गराउने कुरा पनि राष्ट्रपतिले दिएको म्यान्डेट हो। उहाँहरूको एजेन्डा होइन। त्यसैले यो सरकार चुनाव गराउने तिर इमानदार छैन,’ ओलीले भने। त्यही भएर नै सरकारले चुनावको वातावरण बनाउनेतिर ध्यान नदिएको उनले आरोप लगाए।

जसका लागि राजनीतिक दलसँग समन्वय र संवाद अगाडि नबढाएको, चुनावी सुरक्षामा खटिने सुरक्षाकर्मीको मनोबल बढाउनतिर नलागेको, लुटिएका हातहतियार खोजीमा गम्भीर नभएका जस्ता तमाम आरोप सरकारमाथि लगाए।  बरु चुनावी वातावरण बिथोल्न राजनीतिक दलका नेता कार्यकर्तालाई कसरी गिरफ्तार गरेर थुन्न सकिन्छ भन्नेमा लागिरहेको पनि ओलीले टिप्पणी गरे।

यो पनि पढ्नुहोस  राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

असंवैधानिक ढङ्गले बनेको सरकार गलत बाटोतर्फ अघि बढेकाले अब रोकेर देशलाई सही बाटोमा फर्काउनुपर्ने ओलीले बताए। ‘अब हामीले देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढंगबाट विघटन गरिएको संसद् तत्काल फिर्ता गर्ने मागलाई राखेर अगाडि बढ्नुको विकल्प छैन,’ ओलीले भने, ‘मैले विश्वास लिएको नेपाली कांग्रेस पनि यही बाटोमा अगाडि बढ्नेछ।’

त्यो भन्दा अर्को बाटो नै नभएको पनि उनले बताए। ‘असंवैधानिक कुरालाई मान्यता दिएर हामी अगाडि बढ्न सकेनौं भने पछि ढिला भएछ भनेर पछुतो मानेर बस्नुपर्ने हुन्छ,’ उनले भने।  यस्तै अन्तरिम सरकारले जेन–जी विद्रोहमा भएका घटनाको छानबिन गर्न गठन गरेको पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई पनि ओली सिधै अस्वीकार गरे।

‘यो नक्कली आयोग मन्जुर छैन। किन पनि मन्जुर छैन भने आयोगमा राखिनुभन्दा अगाडि, आयोगमा बस्न अगाडि गम्भीर अभिव्यक्तिको प्रश्न उठिसके पछाडि सप्रमाण मानिसले ल्याइसके पछि उहाँहरूले नैतिकताका आधारमा राजीनामा दिनुपर्दैन?’, ओलीले प्रश्न गरे।  आयोगका अध्यक्ष कार्कीका पूर्व अभिव्यक्तिका कारण निष्पक्षतामाथि प्रश्न उठाउँदै ओलीले अगाडि भने, ‘एउटा मान्छे अहिलेको अहिल्यै विरोधीबाट निष्पक्ष भइसक्छ? उहाँहरू विरोधीबाट निष्पक्ष भइसक्नुभयो ?’

आयोगका अध्यक्ष कार्कीले एकाएक निष्पक्ष हुन केके गरे भनेर पनि ओलीले प्रश्न गरे। उनले भने, ‘के गर्नुभयो गंगाजलले नुहाउनुभयो, बागमतीको पानी नुहाउनुभयो। गहुँत खानुभयो के के गर्नुभयो? सुनपानी छर्कनुभयो? के गरेर उहाँहरू निष्पक्ष हुनुभयो बताउनु परेन? बोल्नुभयो उहाँहरू? हामी निष्पक्ष छौँ भन्न सक्नुभयो?’ कार्की आयोगले बुझाउने प्रतिवेदन एमालेलाई मान्य नहुने ओलीले बताए ।

बस्नेतले वडा वडासम्म ‘डिजिटल जेनेरेसन फोर्स’ बनाएर एमालेले प्रतिवाद सुरु गर्ने घोषणा नै गरेका छन्। उनले केही दिनमै एमालेले सडकमा युवा उतार्नीसम्मका योजना पनि सुनाएका छन्।

ओलीले एमाले अब प्रस्ट संसद् पुनर्स्थापनाको पक्षमा रहेको घोषणा गर्दै कांग्रेस लगायतका संविधान पक्षधर दल पनि यसैमा आउन आह्वान समेत छन्। त्यसको विकल्प नै नरहेको पनि उनले घोषणा गरेका छन्।

यो पनि पढ्नुहोस  कपास उद्योगको आगलागी तीन घण्टामा नियन्त्रण

अब त्यसका लागि फागुन २१ को चुनाव पनि नपर्खने घोषणा नै ओलीले गरिसके। ‘कतिपय मानिसहरू भन्छन् फागुन २१ गते चुनाव भएन भने त्यसपछि संसद् पुनर्स्थापनाको माग गरौँला,’ ओलीले भने, ‘संसद् विघटन असंवैधानिक छ, गलत छ, गैर कानुनी छ, अलोकतान्त्रिक छ। यो देश हितका विरुद्धमा छ, हामीलाई थाहा छैन र? किन पर्खनुप¥यो फागुन २१ गते? पर्खनु परेको छैन।’ यसमा अब नेपाली जनताले आँधी तुफान सिर्जना गरेर अघि बढ्ने उनले दाबी गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित