शनिबार, असार १३, २०८३ | Sat June 27, 2026


‘मेयर कप अन्तर क्लब फुटसल प्रतियोगिता–२०८२’ को उपाधी पाण्डुबजार फ्रेण्डसीप क्लबले उचाल्यो

‘मेयर कप अन्तर क्लब फुटसल प्रतियोगिता–२०८२’ को उपाधी पाण्डुबजार फ्रेण्डसीप क्लबले उचाल्यो



भक्तपुर, २५ कात्तिक : सूर्यविनायक नगरपालिकाका प्रमख वासुदेव थापाले ‘मेयर कप अन्तर क्लब फुटसल प्रतियोगिता–२०८२’ का विजेतालाई आज शिल्ड, प्रमाणपत्र एवं नगद पुरस्कार प्रदान गर्नु भएको छ ।

सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको आज भएको फाइनल खेलमा गुमाञ्जु युथ क्लबलाई शून्यका बिरुद्ध चार गोल गर्दै पाण्डुबजार फ्रेण्डसीप क्लबले उपाधी हात पारेको हो ।

प्रतियोगितामा गुमाञ्जु युथ क्लब दोश्रो भएको छ भने बालकोट युथ क्लबले छत्रपाल युथ क्लबलाई शून्यमा बिरुद्ध सात गोल गर्दै तेस्रो र चौथो स्थान हासिल गरेको छ ।
प्रतियोगितामा प्रथम हुने पाण्डुबजार फ्रेण्डसीप क्लबलाई नगद रु. २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र, दोश्रो हुने गुमाञ्जु युथ क्लबलाई नगद रु. १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र र तेश्रो हुने बालकोट युथ क्लबलाई नगद रु. १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा नगर प्रमुख बासुदेव थापाले ट्रफी, वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थ, वडा नं. २ का वडाध्यक्ष प्रदीप कार्की, वडा नं.६ का वडाध्यक्ष ईश्वर खड्का, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, वडा नं. १० का वडाध्यक्ष शिवराम राउत, शिक्षा शाखाका अधिकृत रत्नबहादुर कटुवाल, कार्यक्रमकी  सभापति शर्मिला लम्साल बस्नेतलगायतले खेलाडीहरुलाई मेडल र नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाले प्रमाण पत्र प्रदान गर्नुभयो ।
नगर प्रमुख थापाले सान्त्वनास्थान हासिल गर्ने छत्रपाल युथ क्लबलाई मायाको चिनो तथा प्रतियोगितामा उत्कृष्ट खेलाडी पाण्डुबजार फ्रेण्डसीप क्लबका निर्भिक थापा, उत्कृष्ट गोल किपर गुमाञ्जु युथ क्लबका सुजन गुमाञ्जु र पाण्डुबजार फ्रेण्डसीप क्लबका उत्कृष्ठ गोलकर्ता उज्वल बिष्टलाई जनही नगद रु. पाँचहजारसहित ट्रफी प्रदान गर्नु भएको छ ।
प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै प्रमख वासुदेव थापाले नगरपालिकाले अब प्रत्येक वडामा खेल मैदान निर्माण गर्ने बताउनु भयो । जनताले तिरेको करलाई सही ठाउँमा सदुपयोग गर्दै नगरभित्र सडक, ढल, पुल, खानेपानी, मठ, मन्दिर, सामुदायिक भवन, शिक्षामा गुणस्तरीयता, अस्पताल बनाइसकेको बताउदै उहाँले अब बाँकी रहेको कार्यकालमध्येको २० महिना बाँकी रहेका काम पुरा गर्ने बताउनुभयो ।
नगर प्रमुख थापाले भन्नुभयो, “सार्वजनिक जग्गा भएका सबै वडामा खेल मैदान बनाउने छौँ, वडा नं. ९ नंखेलमा जग्गा विकासबाट निस्किएको ४५ रोपनी जग्गामा नगरस्तरीय खेल मैदान बनाउँदै छौँ., त्यसका लागि बजेटको व्यबस्था गरिसकेका छौँ, अन्तर्राष्ट्रिय खेल मैदान पनि यहीँ बन्दैछ । नगरपालिकाले राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न ६ वर्षदेखि १४ वर्षसम्मका बालबालिकालाई निःशुल्क फुटबल प्रशिक्षण सुरु गरेका छौँ, साथै प्रकारका प्रतियोगिताहरु अझै गर्नेछौँ ।”
खेलबाटै नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने बताउदै उहाँले खेलाडीहरुलाई देशव्यापी रुपमा हुने खेलहरुमा पदक जित्ने गरि खेलमा अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  अग्नि नियन्त्रक एवं कर्मचारीहरूको मानसिक स्वास्थ्य सुदृढीकरणका लागि योग र ध्वनि चिकित्सामार्फत तनाव व्यवस्थापन कार्यक्रमको समापन

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित