भक्तपुर, १० मङ्सिर : मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित चोकमा गत भदौं २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ध्वस्त बनाइएको ट्राफिक प्रहरी विट पुनः निर्माण पछि आज हस्तान्तरण गरेको छ ।
‘कर्म मेरो पुजा’ भन्ने मान्यताका साथ फोहोर संकलन र वातावण सरसफाई अभियान सञ्चालन गर्दै आएको नेप्सेम्याक सेवा प्रालिले पुर्ननिर्माण गरिदिएको वातावरणमैत्री ट्राफिक प्रहरी विट निर्माण गरी आज हस्तान्तरण गरेको नेप्सेम्याक भक्तपुरका शाखा प्रवन्धक बाबुराम चौलागाईले बताउनुभयो ।

नेप्सेम्याकले आफ्नो संस्थाका सामाजिक उत्तरदायित्व अन्र्तगत रु दुई लाख ५० हजारको लागतमा राधेराधे चोकमा ट्राफिक प्रहरी विट पुर्ननिर्माण गरि प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नवराज ढुंगानालाई आज हस्तान्तरण गरेको हो ।
कार्यक्रममा प्रनाउ ढुगानाले अहोरात्र सडकमा खटिने ट्राफिक प्रहरीलाई घाम र पानीमा ओत लाग्ने ठाउँ समेत नभएको अबस्थामा पुर्ननिमाढा गरि हस्तान्तरण गरेर जनता, नेप्सेम्याक र प्रहरीको माया र जिम्मेवारीलाई अझै बढाएको बताउनुभयो ।

मध्यपुरथिमि नगरपालिकाको–५का वडाध्यक्ष जेन्जी आन्दोलनले नगरपालिका क्षेत्रमा यातायात कार्यालयदेखि प्रहरी बृत्त थिमिसम्म र प्रहरी चौकीदेखि बिटसम्ममा ी ध्वस्त हुने गरि क्षति पुर्याएको बताउदै क्षति भएको संरचनालाई स्थानीय नागरिकको साथले पुर्ननिर्माण सम्पन्न भएको बताउनुभयो ।
प्रत्येक शनिवारबिभिन्न ठाउँमा सरसफाई अभियानमा हातमालो गर्द आएको नेप्सेम्याकले बिभिन्न ठाउँमा सफा, सुन्दर तथा वातावरणमैत्री पार्क समेत निर्माण गर्दै आएको संस्थाले प्रहरी विट निर्माण गरेर प्रहरीलाई घामपानीमा ओत लाग्ने ठाउँ हस्तान्तरण गरेको नेप्सेम्याकका सञ्चालक गोविन्दप्रसाद आचार्यले बताउनु भयो ।
कार्यक्रममा सफाई वं वातावरण संरक्षण अभियानकर्ता नवराज काफ्ले, पुण्यराम काछुला, पूर्ण तज, केशव शाही, रामबहादुर कार्की, नेपाल फुलवारी, राष्ट्रको लागि दुई घण्टे अभियानका बिभिन्न व्यक्तिहरुले सरसफाईलाई पूर्णता दिन घरबाटै सुरु गर्नु पने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

