बिहिबार, बैशाख १७, २०८३ | Thu April 30, 2026


व्यवसायीहरुले पालना गर्नुपर्ने विषयहरु–२०७९ हाते पुस्तिका सार्वजनिक, बजार अनुगमन तथा उपभोक्तहित संरक्षण सम्बन्धी अनतरक्रिया सम्पन्न

व्यवसायीहरुले पालना गर्नुपर्ने विषयहरु–२०७९ हाते पुस्तिका सार्वजनिक, बजार अनुगमन तथा उपभोक्तहित संरक्षण सम्बन्धी अनतरक्रिया सम्पन्न



भक्तपुर । भक्तपुरको बजारलाई उपभोक्ता मैत्री र स्वच्छ बनाउदै व्यवसायीको जिम्मेवार बहन गराउने उदेश्यले जिल्ला प्रशासन कार्यालय भक्तपुरद्धारा तयार गरि प्रकाशन गरिएको व्यवसायीहरुले पालना गर्नुपर्ने विषयहरु–२०७९ हाते पुस्तिका सार्वजनिक गरिएको छ ।

जिल्ला समन्वय समितिको सभाहलमा जिल्ला प्रशासन कार्यालयले बुधबार आयोजना गरेको ‘जिल्ला प्रशासन कार्यालय भक्तपुरद्धारा तयार गरिएको व्यवसायीहरुले पालना गर्नुपर्ने विषयहरु–२०७९’ हाते पुस्तिका सार्वजनिक, बजार अनुगमन तथा उपभोक्तहित संरक्षण सम्बन्धी अनतरक्रिया’ कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापा, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले संयुक्त रपमा सार्वजनिक गर्नु भएको हो ।

कार्यक्रममा जिसस प्रमुख थापाले बजारलाई सुधार गर्न व्यवसायीलाई जिम्मेवार बनाउनु पर्ने र उपभोक्तालाई सचेत बनाउनु पर्ने आवश्यकता रहेको बताउनु भयो । व्यवसायी आफैले पनि मानवीय स्वास्थय प्रतिकूल हुने कुनै पनि खाद्यान्न वा कुनै बस्तु बिक्री गर्न नहुनेमा त्यस्तो गरिरहेको भनदै उहाँले उद्योग वाणिज्य संघले यसलाई प्रभावकारी ढंगले नियन्त्रण गर्न व्यवासायीलाई सचेत गर्नु पर्नेमा जोड दिनु भयो ।

उहाँले ऐन, नीीत नियमभन्दा बाहिर जाने व्यवसायीलाई पहिलो पटन सचेत गर्ने र पछिल्लो समयमा अटेर गर्नेलाई कानूनी दायरामा ल्याउनु पर्नेमा जोड दिदै स्थानीय तहले पनि बजार अनुगमनलाई कडाई गर्नु पर्नेमा जोड दिनु भयो । उपभोक्ताहरु आफै सचेत हुनु पर्ने औल्याउदै उहाँले आफूले खरिद गर्ने सामान कस्तो छ, मिति कहिलेसम्मको छ भन्ने जान्नु पर्ने भन्दै उपभोक्ताको हितमा उपभोक्ता आफै सचेत हुनु पर्ने बताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शर्माले बजारमा व्यवसायीलाई सचेत पार्दै कानूनी पाटोकोबारेमा जानकारी दिदै उपभोक्ताको हकहित गर्ने कानूनी बाटोलाई अबलमबन गर्ने उदेश्यका साथ हाते पुस्तिका सार्वजनिक गरिएको बताउनु भयो ।

स्वच्छ बजार कायम गर्ने, उपभोक्ताको हकहित कायम गर्ने, व्यवसायीले पालना गर्नुपर्ने नियमको जानकारी गराउने, अनुचित व्यापार गर्न रोक लगाउने, अनुगमन कार्यलाई निरन्रता दिदै संयुक्त अनुगमनलाई प्रभावकारी ढंगले अगाडि बढाउने उदेश्यका साथ जिल्ला प्रशासन कार्यालयले व्यवसायीहरुले पालना गर्नुपर्ने विषयहरुलाई व्यवसायीको हात हातमा पुर्याउने अभियान सुरु गरेको बताउनु भयो ।

यो पनि पढ्नुहोस  सुदूरपश्चिममा भूकम्पको कयौँ पराकम्प

उहाँले यसअघि पनि बजार अनुगमनलाई जिल्ला प्रशासनको नेतृत्वका कडाई गरिएको बताउदै चालू आ.ब.मा मात्रै खाद्य पसल, औषधि, मासु, डेरीलगायतका ७५ वटा पसल एवं व्यवसायको अनुगमन गरेको बताउनु भयो । त्यसक्रममा अनुचित रुपमा व्यवसाय गर्नेहरुलाई कारबाहीको दायरामा ल्याएर चार लाख २६ हजार जरिवाना असुलउपर गरेको र ११ लाख बराबरको खाद्य सामग्री नष्ट गरेको बताउनु भयो ।

उहाँले स्थानीय तहले आफ्नो क्षेत्रमा व्यवसाय दर्तालाई कडाई गर्नु पर्ने औल्याउदै व्यवसाय दर्ता नहुँदा कर नतिर्ने गरेको, व्यवसायीले सामानको लेबल नराख्ने, राख्दा पनि अनुमति बिना आफै राख्ने, म्याद नाघेका सामानमा आफै नयाँ लेबल टाँस्ने, म्याद गुज्रेका अखाद्य सामान बिक्री गर्ने जस्ता गलत कार्य भइरहेकाले यसलार्य रोक्न बजार अनुगमन र कारबाहीलई कडाई गर्ने बताउनु भयो ।

प्रजिअ शर्माले नीजि क्षेत्र राज्यको आथिएक बिकासमा सहयोग पुर्याउने क्षेत्र भएकाले त्यसलाई दूषित बनाउन नदिन यो हाते पुस्तिका मार्फत अग्रिम जानकारी गराएको बताउनु भयो । यो पुस्तिकामा व्यवसीले के न्यूनतम रुपमा के गर्ने, के नगर्ने भन्नेबारेमा जानकार िगराएको भन्दै १० हजार पुस्तिका छपाई गर्ने उपद्योग वाणिज्य संघ भक्तपुरलाई व्यवसायीको हात हातमा यसलाई पुर्याइदिन आग्रह गर्नु भयो ।

कार्यक्रममा सूर्यविनायकका नगरप्रमुख थापा र चाँगुनारायणका नगर प्रमुख खत्रीले बजार अनुगमनलाई नगरपालिकाले तिब्रता दिने बताउदै कारबाहीको अधिकार पनि दिइनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले प्रशासनले अनुगमनलाई तिब्रता दिएको बताउदै मानिसले दैनिक उपभोग गर्ने चामललाई मल बनाउनु पर्दा निकै दुःख लागेको बताउनु भयो । उहाँले व्यवसायीले बजारमा कुहिएको चामलाई मेशिनबाट रिफाइन गरि पालिस लगाएर बिक्री गर्दै उपभोक्ता ठग्ने काम गरेको, दाल लगायतका खाद्यान्नहरु बिग्रिएका र कुहिएकालाई पनि बिक्री गर्ने गरेको पाईएको स्मरण गर्नुभयो ।

कार्यक्रममा उद्योग बाणिज्य संघ भक्तपुरका अध्यक्ष शिव मानन्धरले संघले छपाई गरेको उक्त हाते पुस्तिकालाई जिल्लाका सबै व्यवसायीको हात हातमा पुर्याउने र व्यवसायीलाई सचेतना प्रदान गर्ने बताउनु भयो । उहाँले बजारमा अनियमितता गर्ने, अखाद्य बस्तु बिक्री गर्ने र गल तगर्नेलाई संघले सहयोग गर्दैन भन्दै बजारलाई स्वच्छ र सुशासन युक्त बनाउन संघ सधै सक्रिय रहने बताउनु भयो । उहाँले जिल्लाका सबै नगरपालिकासँग मिलेर उद्योगको स्थापपना तथा रोजगारीका कार्यक्रम ल्याउन संघले समनवय गर्ने योजना ल्याएकाले त्यसका लागि सहयोग गरिदिन नगरपालिकाहरुलाई आग्रह गर्नुभयो ।

यो पनि पढ्नुहोस  एमालेको देउसी भैलो सम्पन्न

त्यसअवसरमा वाणिज्य तथा आपूर्ति विभागका सिनियर निरिक्षक अधिकृत मणिराम नेपालले बजारलाई स्वच्छ बनाउन उपभोक्ता सचेत हुने पर्ने र व्यवसायीले सरकारले निर्दिष्ट गरेको नियमको पालना गर्न सके सबै समस्या समाधान हुने बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता उपभोक्ता मञ्चका अध्यक्ष मनोज थापाले भक्तपरका चार नगरपालिका मध्ये मध्यपुरथिमि नगरपालिकाले बजार अनुुगमनलाई कुनै चासो नदिएको बताउदै अन्य तीन नगरपालिकाले अनुगमनलाई नियमित गरेको बताउनु भयो । बजार अनुगमनलाई नियमित गर्नु पर्ने, गल तगर्नेलाई कारबाहीको दायरामा ल्याउनु पर्नेमा जोड दिदै उहाँले स्थानीय तहले बजार अनुगमनलाई कडाई गर्नु पर्ने बताउनु भयो । उहाँले नगरपालिकाले आफ्नो क्षेत्र भित्रका सबै व्यवसायलाई दर्ता गराएर सहुलियत दिने र करको दायरा फराकिलो पार्ने काम गर्नु पर्ने र बजारलाई स्वच्छ राख्न नगरपालिका सक्रिय हुनु पर्नेमा जोड दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित