बिहिबार, बैशाख १७, २०८३ | Thu April 30, 2026


एमालेको महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया सुरु

एमालेको महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया सुरु



काठमाडौँ, ११ मंसिर : एमालेको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चयनका लागि विभिन्न जिल्लास्तरमा निर्वाचन प्रक्रिया सुरु भएको छ ।

महाधिवेशनका लागि देशभर एकैदिन यही मंसिर १३ गते प्रतिनिधि चयन गरिसक्नुपर्ने भएकाले सोका लागि मतदाता नामावली प्रकाशन र उम्मेदवारी दिने प्रक्रिया सुरु भएको हो । कतिपय जिल्लामा सर्वसम्मति र निर्विरोधरुपमा प्रतिनिधि चयन भएको छ ।

पार्टीका स्थायी कमिटी सदस्य एवं संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले प्रतिनिधि चयनको निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्य रुपमा प्रकाशन गर्नुपर्ने निर्देशनबमोजिम काम भइरहेको बताए । यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने एमालेको महाधिवेशनमा आयोजक, निर्वाचन क्षेत्रीय कमिटी (खुला), जनसंगठन, युवा, दलित, महिला, प्रवास क्षेत्रबाट गरी करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुँदैछन् ।कायम भएको अन्तिम मतदाता सूची (नवीकृत पार्टी सदस्यता सूची) को संख्या केन्द्रीय संगठन विभागलाई तत्काल जानकारी गराउन पनि विभागले निर्देशन दिएको थियो ।

यस्तै, यही मंसिर १२ गते साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र सो नभएमा मंसिर १३ गते निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनोट गर्न एमालेले निर्देशन दिएको छ । छनोट भएका प्रतिनिधिको नाम यही मङ्सिर १५ गतेभित्र विभागमा बुझाइसक्नुपर्नेछ ।

यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने एमालेको महाधिवेशनमा आयोजक, निर्वाचन क्षेत्रीय कमिटी (खुला), जनसंगठन, युवा, दलित, महिला, प्रवास क्षेत्रबाट गरी करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप १८ जना पक्राउ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित