शनिबार, बैशाख १९, २०८३ | Sat May 02, 2026


केपी ओलीले भन्नुभयो : एमाले सकियो भन्नेले मंसिर २७ गते भक्तपुरको तीनकुनेमा हेर्न आउनु

केपी ओलीले भन्नुभयो : एमाले सकियो भन्नेले मंसिर २७ गते भक्तपुरको तीनकुनेमा हेर्न आउनु



काठमाडौं, २५ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सकियो भन्नेहरूलाई पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह हेर्न आउन निम्तो दिनुभयो ।

प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले सकियो भन्नेले मंसिर २७ गते भक्तपुरको तीनकुनेमा हुने पार्टीको ११ औँ महाधिवेशन हेर्नै पर्ने उहाँले बताउनुभयो । ‘पर्सी यतिबेला भक्तपुर सल्लाघारी छेउको ठुलो मैदानमा एमाले सिद्धियो भन्ने कुराको जवाफ हुने छ’, उहाँले भन्नुभयो ।

छानिछानी एमालेको पार्टी, नेता, कार्यकर्ताका घर छानिछानी हानेको तीन महिना नबित्दै एमाले यो अवस्था पुगेको देख्दा एमाले सिद्धियो भनेर लागेकालाई आश्चर्य लाग्नु पर्ने ओलीको धारणा छ । ‘दुनियाँ आश्चर्य चकित हुने गरी नै यी काम भएका छन्’, उहाँले भन्नुभयो ।

एमालेलाई भन्ने यस्ता कुराले आश्चर्य नलाग्ने उहाँले प्रष्ट पार्नुभयो । हिजो पनि यस्ता थुप्रै जटिल अवस्था भोगेर एमाले अघि बढेको उहाँले बताउनुभयो ।

सरकारले अहिले अनेक किसिमका मिडिया ट्रायल गरिरहेको बताउँदै उहाँले यस्तो अवस्थामा पनि एमाले अघि बढेको कुरा समाचार बन्दैन भने एमाले समाचारको लागि कुनै कुकुरको खुट्टा टोक्न नजाने ओलीले स्पष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले ईश्वर पोखरेल लगायतका केही मानिसहरू आफ्नो विरुद्ध सुशीला कार्कीसँग मिलेर लाग्नु भएको बताउनुभयो । ‘उहाँलाई के भएको छ कुन्नि, उहाँ त्यसरी नलागेको भए हुन्थ्यो’, उहाँले भन्नुभयो ।

सरकार गठन प्रक्रिया नै असंवैधानिक भएको बताउँदै ओलीले सरकारका कुनै पनि गतिविधि आफूलाई मान्य नहुने स्पष्ट पार्नुभयो । सरकारले बनाएको जाँचबुझ आयोगमा बयान दिन जाने नजाने आफ्नो कुरा भएको बताउँदै उहाँले यसमा अर्ति नदिन पनि उहाँले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई आग्रह गर्नुभयो ।

समय सुशीला कार्कीमा र फागुन २१ मा पुगेर मात्र नरोकिने बताउँदै ओलीले यो कुरा ख्याल गर्न कार्कीलाई चेतावनी दिनुभयो । ‘ध्यान राखेर, होस् सम्हालेर चल्न म उहाँहरूलाई आग्रह गर्दछु’, उहाँले भन्नुभयो ।

यो पनि पढ्नुहोस  कोप–२७ को विभिन्न सत्रका वार्ता र छलफल हुँदै

भदौ २४ गते आफू भागेको नभई थप क्याजल्टी हुन नदिन बालुवाटार छाडेर हिँडेको उहाँले स्पष्ट पार्नुभयो । आफू देश छाडेर कतै नगएको र नजाने उहाँले बताउनुभयो । ‘उनीहरूको ज्यान बचाउनको लागि मैले मुकाम परिवर्तन गरेँ’, उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित