मङ्लबार, जेष्ठ १२, २०८३ | Tue May 26, 2026


वागमती प्रदेशका सबै प्रादेशिक अस्पतालमा गुणस्तर बृद्धिदेखि विशेषज्ञ सेवा विस्तारलाई निरन्तरता दिईरहेका छौं : स्वास्थ्य मन्त्री किरण थापा

वागमती प्रदेशका सबै प्रादेशिक अस्पतालमा गुणस्तर बृद्धिदेखि विशेषज्ञ सेवा विस्तारलाई निरन्तरता दिईरहेका छौं : स्वास्थ्य मन्त्री किरण थापा



भक्तपुर, १५ पुस : वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले वागमती प्रदेश भित्रका १३ वटै जिल्लाका प्रादेशिक अस्पतालमा गुणस्तर बृद्धिदेखि विशेषज्ञ सेवा विस्तारको कामलाई निरन्तर अगाडि बढाईरहेको बताउनु भएको छ ।

राष्ट्रिय विभूति शखधर साख्वाः प्रतिष्ठानले आज यहाँ आयोजना गरेको नेपाल संवत र शंखधर साख्वाः पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले वागमती प्रदेश भित्र रहेका आम नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने कार्यमा प्रदेश स्वास्थ्य मन्त्रालय लागिरहको बाताउनु भएको हो।

स्वस्थ्य मन्त्री थापा मगरले भन्नुभयो, ‘कुनै दिन सरकारी अस्पतालमा जाने भनेपछि विरामी डराउथे अबस्था थियो, सरकारी अस्पताल रिफर सेन्टरको रुपमा रहेका थिए, साना रोगका उपचारमा पनि बीर अस्पताल, टिचिड अस्पताल कि त निजी अस्पतालमा जानु पर्ने बाध्यता थियो । तर अहिले प्रादेशिक अस्पतालको सेवा बिस्तार गर्दै गुणस्तरीय सेवा प्रवाह पुर्याएपछि यस्ता अस्पतालहरुमा विरामीको चाप बढेको छ, यसको उदाहरण भक्तपुर अस्पताल पनि हो ।’

उहाँले हरेक जिल्लामा प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु गर्दै सेवालई गुणस्तरीयता दिने कार्य गरिरहेको, जनशक्तिदेखि विशेषज्ञ सेवा सञ्चालन गरेको र आवश्यक प्राबिधिक सामान र मशिनहरु प्रदान गरिरहेको बताउदै उहाँले १३ वटै जिल्लाका प्रादेशकि अस्पताहरुमा डायलोसिस सेवा, हाडजोर्नी सेवा सञ्चालन गरेको बताउनुभयो ।

सुत्केरी हुने महिलाहरु प्रशव पीडामा छटपटाएर धादिडेग, सिन्धली, सिन्धुपाल्चोकदेखि काठमाडौं आउनु पर्ने समस्याको अन्त्य गर्दै प्रादेशिक अस्पतालमै सुबिधा सम्पन्न प्रसुति सेवा सञ्चालनमा ल्याएको बताउदै मन्त्री थापामगरले नगरपालिकाहरुले सञ्चालन गरेका आधारभूत अस्पतालहरुमा समेत जनशिक्त थप गर्न, प्राबिधिक लसामग्रीहरु हस्तान्तरण गर्ने र गुणस्तरीय सेवा प्रदान गर्ने कार्यमा प्रदेश स्वाथ्य मन्त्रालय लागिरहेको बताउनुभयो । सविधानले स्वास्थ्यलाई मौलिक अधिकार भित्र राखेको बताउदै उहाँले स्वास्थ्य सेवा सबै नागरिकले पाउनुपर्छ भनेर आफू लागिरहेको बताउनुभयो ।

कर्यक्रममा बोल्दै उहाँले भाषा, कृति, कला, संस्कृतिको संरक्षण एवं प्रवद्र्धनमा खाख्वाःको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो । मन्त्री थापामगरले भन्नुभयो, ‘प्रदेश सरकारले नेपाल भाषा र तामाड भाषालाई सरकारी कामकाजमा ल्याउन र सरकारी कार्यालयमा प्रयोग गर्न  ऐन बनाएर सुरुवात गरेका छौं । सरकारी कामकाजमा प्रयोगमा ल्याईस्केका छौँ ।’

यो पनि पढ्नुहोस  भक्तपुरमा १७ हजार ६९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउदै

हरेक जातजातीका भाषा, कला, संस्कृतिको संरक्षण गर्न प्रदेश सरकारले प्रतिष्ठानका लागि बजेट विनियोजन गरेको बताउदै उहाँले पुस्तकालय सञ्चालन र अन्य शिर्षकमा प्रदेश सरकारले बजेटका विनियोजन गरेको बताउनुभयो । उपत्यकामा मात्र नभई बिभिन्न जिल्लामा बसाई सरेर गएका नेवारको भााषा, कला, संकृतिको क्षेत्रमा संरक्षण र विकासमा लाग्नु आवश्यक रहेको बताउदै उहाँले नेपाल संवत र शखधर साख्वाःको प्रचार प्रसार गर्नु आवश्यक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित