बिहिबार, बैशाख ३, २०८३ | Thu April 16, 2026


अब संसद् पुनर्स्थापना र सर्वपक्षीय सरकार : एमाले सचिवमा नवनिर्वाचित सचिव

अब संसद् पुनर्स्थापना र सर्वपक्षीय सरकार : एमाले सचिवमा नवनिर्वाचित सचिव



काठमाडौं, ३ पुस । नेकपा एमालेका नवनिर्वाचित सचिव महेश बस्नेतले पार्टी नयाँ म्यान्डेटका साथ आएको बताएका छन् । आज सचिव पदमा निर्वाचित भएलगत्तै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै बस्नेतले एमाले अब स्थिर सरकार बनाउने बाटोमा केन्द्रित हुने बताए ।

फागुन २१ का लागि सरकारले तय गरेको निर्वाचन एमालेको प्राथिमकतामा नरहेको पनि उनको भनाइ छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरेको भन्दै उनले आपत्ति जनाए । बस्नेतले संसद् पुनर्स्थापना नै एमालेको एजेन्डा भएको पनि बताए ।

संसद् पुनर्स्थापना भएपछि सर्वपक्षीय सरकार गठन हुने र उक्त सरकारले घोषणा गरेको निर्वाचनमा एमाले सहभागी हुने पनि बस्नेतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  भक्तपुर नगरपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित