भक्तपुर, १२ भदौ : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले धुन्चेमा अलपत्र परेको यात्रु तथा स्थानीयहरुको उद्धार सुरु गर्नु भएको छ । रसुवा भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि बुधबार ३ बजेदेखि नुवाकोटमा बसेर पीडितको उद्धार र राहत वितरमा सक्रिए रहदै आउनु भएका उहाँले आज बिहानदेखि धुन्चेमा अलपत्र परेकाहरुको उद्धार गरि बिभिन्न जिल्लामा पठाउने कार्यको सुरुवात गरेको बताउनु भएको छ ।
मुख्यमन्त्री थापाले भन्नुभयो, “प्रदेश सरकार निरन्तर जनताको पीडामा सहभागि छ, आज बिहानैदेखि धुन्चेमा म आफै बसेर यहाँ अलपत्र परेका स्थानीय र गोसाई कुण्डको यात्रामा अलपत्र परेकाहरुको उद्धार गरि बसमा हालेर नुवाकोट र त्यहाँबाट अर्को साधनमा हालेर सम्बीन्धत जिल्ला पठाउने कार्य सुरु गरेका छौं ।”
उहाँले अलपत्र परेकाहरुलाई धुन्चे बजारमा आउन आव्हान गर्दै बसहरुको व्यबस्था गरेर अलपत्र परेकालाई उद्धार गरि पठाउने कार्य सुरु भएको बताउनुभयो । नुवाकोटमा दुई डोजरले बाटो खुलाउँदै हिजो बेत्रावती, उत्तरगया हुदै राती ८ बजे धुन्चे पुग्नु भएको मुख्त्रीमन्त्री थापामगरले धुन्चेसम्म पुग्दा स्थिति भयावह भएको बताउनुभयो ।
मुख्यमन्त्री थापामगरले भन्नुभयो, “म हिजो बेलुका धुन्चे आईपुगेँ, धेरै मानिस अलपत्र छन्, स्थिति भयावह छ, लाश यत्रतत्र छरिएका छन्, गाडीभित्र पर्यटकको शव छन्, चार हजारको मृत्यु भएको आशंका छ, तीर्थयात्रुहरु अलपत्र छन्, त्यसैले अलपत्र नागरिकको उद्धार गरि बसमा हालेर पठाउन सुरु गरेका छौं ।”
उहाँले रसुवा, नुवाकोट र धादिङका बिभिन्न ठाउँमा सेल्टर बनाएर १०० जना स्वास्थ्यकर्मीको टोली परिचालन गरि स्वास्थ्य शिविर सञ्चालन गरेको, बाढी पीडितहरुको लागि टेण्ड हालेर, स्कुल, सामुदायीक भवनलगायतमा राखेको, खानाको ब्यबस्था गरेको बताउनुभयो । प्रदेश सरकार निरन्तर सडक खुलाउने, शव निकाल्ने, शव पहिचान गर्ने, खोजी तथा उद्धार गर्ने, गाँस र वासको व्यबस्थापन गर्ने, स्वास्थ्य शिविर र औषधिको व्यबस्था गर्नेलगायतको कार्य निरन्तर गरिरहेको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

