मङ्लबार, जेष्ठ १२, २०८३ | Tue May 26, 2026


उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व चयनमा बाधक बन्दै रास्वपा, महासचिवमा रास्वपा नेतासंग भिड्दै व्यवसायी नविन प्रजापति

उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व चयनमा बाधक बन्दै रास्वपा, महासचिवमा रास्वपा नेतासंग भिड्दै व्यवसायी नविन प्रजापति



भक्तपुर, २६ पुस : भक्तपुर उद्योग वाणिज्य संघको ३८ औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सर्वसम्मतको बाधक बनेका छन् ।
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा वरिष्ट उपाध्यक्ष कृष्ण मुरारी न्यौपानेले सर्वसम्मत निर्वाचित भएका छन् ।
संघले वरिष्ट उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने परम्परा कायम गर्दै आए अनुरुप न्यौपानेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।  वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद प्रजापति, उपाध्यक्ष एसोसिएटतर्फ गणेशहरि प्रजापति, उपाध्यक्ष साधारणतर्फ दिनेश गोसाई र सचिवमा गौतम सुजखू सर्वसम्मत निर्वाचित हुने भएका छन् ।
उपाध्यक्ष वस्तुगततर्फ महेन्द्र खायमली र विश्वराम दुवाल, महासचिवमा वर्तमान महासचिव नविन प्रजापति र रुकेश रञ्जित तथा कोषाध्यक्षमा राजेश त्वानाबासु र रञ्जित मारिखूले उम्मेदवारी दिएको सर्वसम्मतका लागि अथक प्रयास गरेपछि शुक्रबार राती ११ बजे उपाध्यक्ष र कोषाध्यक्षमा समेत सर्वसम्मत गरिएको छ ।
शुक्रबार राती ११ बजे सबै पदमा सर्वसम्मत गर्नका लागि उपाध्यक्ष वस्तुगततर्फ महेन्द्र खायमलीले उम्मेदवारी फिर्ता लिएको र कोषाध्यक्षमा राजेश त्वानाबासुले उम्मेदवारी फिर्ता लिएको संघका सल्लाहकारले जानकारी दिएका छन् ।
सल्लाहकारका अनुसार महासचिवमा नविन प्रजापतिलाई सर्वसम्मत निर्वाचन गराउने शर्तमा उपाध्यक्ष पदका दबेदार खायमली र कोषाध्यक्ष पदका उम्मेदवार त्वायनावासुले उम्मेदवारी फिर्ता लिएपनि रास्वपाका नेता समेत रहेका महासचिव पदका प्रत्यासी रुकेश रञ्जितले भने उम्मेदवारी फिर्ता नलिएपछि महासभविमा मात्रै निर्वाचन गर्नु पर्ने अबस्था आएको जानकारी दिएका छन् ।
सल्लाहकारका अनुसार बस्तुगत उपाध्यक्षमा विश्वराम दुवाल, कोषाध्यक्षमा रञ्जित मारिखु र सदस्यमा एक जनाले फिर्ता लिएपछ सब पद सर्वसम्मत भएको तर महासचिवमा भने वर्तमान महासचिव नविन प्रजापति र रुकेश रञ्जितबीच प्रतिस्पर्धा हुने भएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भक्तपुर क्षेत्र नं १ मा रास्वपाका प्रतक्ष्यतर्फका उम्मेदवार समेत रहेका रुकेश रञ्जितले भने महासचिवमा फिर्ता नलिदाँ सर्वसम्मतमा बाक बनेको सल्लाहकार टिमले जानकारी दिएका छन् ।
श्रोतका अनुसार रुकेश रञ्जितले उम्मेदवारी फिर्ता लिएर सर्वसम्मत बनाउने तयारी गर्दा रास्वपाका जिल्ला तथा केन्द्रीय समितिका नेताहरुले ठूलो दबाब दिएर कुनै हालतमा उम्मेदवारी फिर्ता नलिन र निर्वाचनमा जान दबाब दिएपछि रास्वपाका दबाबकै कारण उम्मेदवारी फिर्ता लिन नसकेको श्रोतको दाबी छ ।
संघका एक सल्लाहकारले व्यवसायीहरुको छाता संगठन भएको संघमा रास्वपले राजनीतिक हस्तक्षेप गर्न खोजेको भन्दै राजनीतिक हस्तक्षेप कुनै हालतमा मान्य नहुने बताए । संघमा रास्वपाको हस्तक्षेपका कारण बन्दाबन्दैको सर्वसम्मत भाडिएर महासचिव पदमा मात्रै मतदान गर्नु पर्ने अबस्था आए त्यसको जवाफ संघका सदस्यहरुले मतदानबाट दिने बताएका छन् ।
महासचिव पदका उम्मेदवार को हुन नविन प्रजापति :
संघका वर्तमान् महासचिव नविन प्रजापति भक्तपुर जन्मे हुर्किएका स्थानीइ सफल एवं एक जिम्मेवार व्यवसायी हन् । स्थानीय बजारको अवस्था, व्यवसाय गर्दा आउने उतार–चढाव र दैनिक संघर्ष उनले आफ्नो नजिकबाट बुझेका छन् ।
इमानदारी, निरन्तर परिश्रम र व्यवहारिक सोचका कारण उहाँले व्यापारिक क्षेत्रमा विश्वास र सम्मान कमाएका प्रजापति हरेक दिन व्यवसायीको हितका लागि काम गर्दै आएका र जिल्लाका कुनै पनि व्यवसायीलाइ कुनै पनि समस्या पदाए अग्रमोर्चामा उभिएर व्यवसायीको पक्षमा समस्या समाधान गर्न उभिने निडर व्यक्ति पनि हुन् ।
साना तथा मझौला व्यवसायीका वास्तविक समस्या पहिचान गर्ने र व्यवहारिक समाधान खोज्ने उनको क्षमता नै उनको बलियो पक्ष हो । व्यवसायसँगै उनले विगत २० वर्षभन्दा बढी समयदेखि समाजसेवामा निरन्तर सक्रिय रहँदै आएका छन् । शिक्षा, युवा सशक्तिकरण र सामाजिक उत्तरदायित्वका क्षेत्रमा उनको योगदान देखावटीभन्दा पनि परिणाममुखी र प्रभावकारी बन्दै आएको छ ।  खेलकुदमार्फत युवामा अनुशासन, सहकार्य र सकारात्मक सोच विकास गर्न सधैं अग्रसर रहने उनी सबल युवा बिना दिगो व्यवसाय एवं सबल समाज सम्भव नहुने बताउछन् ।
भक्तपुर उद्योग वाणिज्य संघको महासचिव पदमा आफ्ना उम्मेदवारी कुनै व्यक्तिगत स्वार्थका लागि होइन, भक्तपुरका व्यवसायीका समस्या सुन्न, बुझ्न, समाधान गर्न र सधै व्यवसायीको हक र हितका लागि लाग्न रहेको छ ।  व्यवसायीक संघर्षबाट माथि उठेर परिणाम दिन सक्ने नेतृत्वको रुपमा चिनिदै आएका  नविन प्रजापति व्यवसायका वास्तविक समस्या बुझ्ने, नीतिगत कमजोरी पहिचान गर्ने र समाधान कार्यान्वयन गर्ने क्षमता भएको व्क्तित्व हुन् ।
कागजी भाषण होइन, व्यवहारिक निर्णय र ठोस काम उनको पहिचान भएको व्यवसायीहरु नै बताउँछन् । २० वर्षदेखिको निस्वार्थ समाजसेवा समाजका हरेक वर्गसँग प्रत्यक्ष जोडिएको अनुभवले उनलाई उत्तरदायी, पारदर्शी र सक्षम बनाएको छ । नेतृत्व अनुशासन, टिमवर्क र एकताको अभ्यास आजको उद्योग–व्यापार नेतृत्वका लागि अत्यावश्यक छ—जुन गुण नविन प्रजापतिमा स्पष्ट देखिने व्यवसायीहरु बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  आलेखः कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित