शनिबार, चैत्र १४, २०८२ | Sat March 28, 2026




भक्तपुर, १९ माघ ः बागमती प्रदेशको स्वास्थ्य मन्त्री किरण थापा मगरले क्षयोगका विरामीलाई अन्तरंग सेवा सञ्चालन गर्ने लक्ष्यका साथ १०० शय्याको अस्पताल भवन निर्माण भए पनि सेवा सञ्चलालनमा ल्याउन संघीय सरकारसंग पहल गर्ने बताउनु भएको छ ।
मध्यपुरथिमिस्थित राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको आइतबार अनुगमन तथा निरीक्षण गर्दै उहाँले चार वर्ष अगाडि नै १०० शययाको अस्पताल सञ्चालनका लागि भवन निर्माण सम्पन्न भएपनि सेवा सुचारु नहुनु चिन्ताको विषय भएको बताउनु भएको हो ।
राष्ट्रिय क्षयरोग केन्द्रका कार्यकारी निर्देशक डा। भुवन पौडेलसहितको टोलीबीच भएको छलफलमा अस्पतालले तत्काल अन्तरंग सेवा सञ्चालन गरि क्षयरोगका विरामीलाई अस्पतालमै भर्ना भएर उपचार गर्ने व्यबस्था गर्नु पर्ने उहाँले बताउनुभयो ।
मन्त्री थापा मगरले भन्नुभयो, “ क्षयरोग केन्द्रमा यति भव्य, राम्रो भवन बनेको छ, यो भवन निर्माणका लागि बजेट व्यबस्थापन गर्न हामीले धेरै पहल गर्यौ, १०० शय्याको अस्पताल अस्चालन गर्नकै लागि भवन बन्यो तर सेवा सञ्चालन नहुँदा एकातिर विरामीले भर्ना भएर पाउने उपचार पाउँन सकेनन्, अर्कोतर्फ भवन अलपत्र जस्तो हुन पुग्यो, म सेवा सञ्चालनमा ल्याउन तत्कालै संघीय स्वास्थ्य मन्त्रीसंग यसबारेमा छलफल गर्ने छु ।”
उहाँले यो अस्पताल संघीय सरकारले सेवा सञ्चालनमा चासो दिनु पर्ने बताउदै केन्द्रले पनि सेवा सञ्चालनमा पहल गर्नु पर्ने औःयाउनुभयो ।
मन्त्री थापामगरले क्षयरोग नियन्त्रणका लागि वागमती प्रदेश भित्र मन्त्रालयले गर्नु पर्ने स्वास्थ्यका कार्यहरुकाबारेमा छलफल गर्नुभयो । प्रदेशका १३ वटै जिल्लालाई क्षयरोग मुक्त बनाउँन प्रदेश सरकारले गर्नु पर्ने कामकाबारेमा समत छलफल भएको थियो । क्षयरोग नियन्त्रणका लागि भावी योजना बनाउनेबारेमा समेत दुबैपक्षबीच समझदारी बनेका छ ।
केन्द्रको सेवा सुदृढीकरण, प्रविधिको उपयोग र समुदायस्तरसम्म क्षयरोग नियन्त्रणका लागि पहुँच विस्तार गर्दै क्षयरोगमुक्त नेपाल निर्माणतर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री थापामगरले बताउनुभयो ।
केन्द्रका कार्यकारी निर्देशक डा। पौडेलले केन्द्रको अबस्था, सेवा प्रवाहलगायत देशभर सञ्चालनमा रहेको क्षयरोग नियन्त्रणका प्रयासहरुकाबारेमा जानकारी गराउनु भएको थियो ।–––
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  नक्कली डाक्टर बनी लुटपाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित