आइतवार, अशोज ११, २०८३ | Sun September 27, 2026


महेश बस्नेतलाई विजयी गराउने उद्घोष गर्दै ५२ वर्षपछि राप्रपा त्यागेर एमाले प्रवेश

महेश बस्नेतलाई विजयी गराउने उद्घोष गर्दै ५२ वर्षपछि राप्रपा त्यागेर एमाले प्रवेश



भक्तपुर, । देशको उज्जव भविश्य भएकाले यो भविश्यलाई अंगाल्न २०२० सालदेखि पञ्चायती व्यबस्थालाई समर्थन गर्दै राप्रपामा आबद्ध रहदै आएका ७२ वर्षीय रामप्रसाद चौलागाई एमाले प्रवेश गरेका छन् ।

चुनाव प्रचारका लागि एमालेले आयोजना गरेको घरदैलो कार्यक्रममा बिरुवा बसपार्कमा भव्य कार्यक्रमबीच चौलागाई एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले केन्द्रीय सचिव एवं भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतले माला लगाएर, एमाले जिल्ला अध्यक्ष वचन देउजाले टीका लगाएर र प्रदेश सदस्य शशीजंग थापाले खादा ओढाएर स्वागत गरेका थिए ।

पार्टी प्रवेश गरेपछि चौलागाईले विकास प्रेमी नेता भएकाले २०२० सालदेखि सक्रिय रहदै आएके पञ्चायती व्यबस्था र राप्रपा त्यागेर एमाले प्रवेश गरेको बताए ।

पार्टी प्रवश गर्दै चालागाईले भने, “५२ वर्ष पछि मेरो आत्मालाई महेश बस्नेतलाई सुम्पिए, महेश बस्नतले यस क्षेत्रमा गरेको विकास, साह्रै सह्रायिन छ, यहाँका खाल्डाखुल्डी र हिलाम्मे सडक आज चिल्लो कालो पत्र बनेको छ, कुमको धक्का लाएर हिडनु पर्ने साँघरो बाटो आज फराकिलो भएका छन् ,आफ्नै दैलोमा सवारी साधन पुग्ने भएका छन्, यो सबैको देन महेश बस्नेतको हो, हामी खानेपानी नपएर काकाकुल भएको थियौ, यो खानपानी ट्याङ्की बनाएर खानेपानीको व्यबस्था गरे पछि पानीमा सन्तुष्ट छौं । यहाँको विकास देखेर अहिले हाम्रो भक्तपुर भन्न पाएका छौं, त्यसैले महेश बस्नेतलाई मैलै समर्थन गरे ।

घरदैलोमा जेन्जीदेखि जेष्ठ नागरिकसम्मले सूर्यमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै चोक चोकमा शुभकामना व्यक्त गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  बागमती प्रदेशका स्वास्थ्यमन्त्री थापामगरद्वारा ख्वप अस्पतालको अनुगमन

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित