शनिबार, बैशाख १९, २०८३ | Sat May 02, 2026


भक्तपुरमा समानुपातिकतर्फको मतगणना सुरु

भक्तपुरमा समानुपातिकतर्फको मतगणना सुरु



भक्तपुर, २३ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुरको निर्वाचन क्षेत्र नं २ बाट समानुपातिकतर्फको मतगणना सुरु भएको छ । प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएपछि सर्वपक्षीय सहमति अनुसार आज साँझदेखि समानुपातिकतर्फको मतगणना सुरु भएको मतदान अधिकृत राधिका सुवालले जानकारी दिनुभयो ।
मतगणना अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ । प्रारम्भिक मतगणना अनुसार रास्वपाले छ हजार ६००, नेपाली कांग्रेसले एक हजार ५००, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले ८००, नेमकिपाले ८००, नेपाल कम्यनिष्ट पार्टी ९नेकपा० ले ४००, राप्रपाले २००, श्रम संस्कृति पार्टीले १०० मत प्राप्त गरेको उहाँले जानकारी दिनुभयो ।
मतदान अधिकृत सुवालका अनुसार समानुपातिकतर्फ क्षेत्र नं २ को आइतबारसम्म सबै मतगणना सम्पन्न गरिने छ । भक्तपुर क्षेत्र नं १ को आइतबार  बिहान ११ः०० बजेदेखि मतगणना गर्ने सहमति भएको उहाँले बताउनुभयो ।
(((
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  मध्यपुरथिमिका बोडेवासीले गरे महेश बस्नेतको भव्य स्वागत, मतदाता भन्छन् : घर बाहिर बज्ने घण्टी काम छैन, भोट त सूर्यमै हो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित