मङ्लबार, बैशाख ८, २०८३ | Tue April 21, 2026


समानुपातिकतर्फ भक्तपुरको दुबै क्षेत्रमा रास्वपा पहिलो, आयो ८५ हजार ७७२ मत

समानुपातिकतर्फ भक्तपुरको दुबै क्षेत्रमा रास्वपा पहिलो, आयो ८५ हजार ७७२ मत



भक्तपुर, २४ फागुन : भक्तपुर क्षेत्र नं. १ को समानुपातिक तर्फको मत गणना सम्पन्न भएको छ । आज बिहानबाट सुरु भएको समानुपातिक तर्फको मतगणना राती सम्पन्न गदर्म भक्तपुर क्षेत्र नं. १ मा ४२ हजार ४४० र क्षेत्र नं. २ मा ४३ हजार ३३२ गरि कूल ८५ हजार ७७२ मत प्राप्त गरेको छ ।
मत परिणाम अनुसार क्षेत्र नं. १ मा (रास्वपा)ले ४२ हजार ४४० मत ल्याएर पहिलो बनेको र नेमकिपाले २० हजार २२९ मत प्राप्त गरि दोश्रो भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिम बिसीले जानकारी दिनुभयो ।
त्यस्तै नेपाली काँग्रेसले ४ हजार ४०३, नेकपा (एमाले)ले ३ हजार ४६१, नेपाल कम्यनिष्ट पार्टी (नेकपा) ले १ हजार १३६, राप्रपाले २ हजार ९८४, राष्ट्रिय परिवर्तन पार्टी ८९४, श्रम संस्कृति पार्टीले ५५० मत प्राप्त गरेका छन् ।
भक्तपुर क्षेत्र नं.२ मा पनि आज सम्पन्न समानुपातिक तर्फको मतगणनाको अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४३ हजार ३३२ मत ल्याएर पहिलो बनेको मतदान अधिकृत राधिका सुवालले जानकारी दिनुभयो ।
त्यस्तै नेपाली काँग्रेसले ८ हजार ७७८, नेकपा (एमाले)ले ८ हजार ३९०, नेमकिपाले ३ हजार ५२१, नेपाल कम्यनिष्ट पार्टी (नेकपा) ले १ हजार ९३०, राप्रपाले २ हजार ८३२, श्रम संस्कृति पार्टीले १ हजार ७५ मत प्राप्त गरेका छन् । मत परिणाम अनुसार भक्तपुर क्षेत्र नं. २ मा नेपाली काँग्रेस दोश्रो र नेकपा एमाले तेश्रो भएका छन् ।
भक्तपुर क्षेत्र न. १ मा कूल एक लाख सात हजार ५४ मतदाता रहेकोमा ७६ हजार ७६१ मत खसेको छभने क्षेत्र नं. २ मा ९८ हजार ३५६ मतदाता रहेकोमा ७२ हजार ७६१ मत खसको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीम बिसीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  क्यान्सर रोगका १४ वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा सुरु

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित