बुधबार, असार २४, २०८३ | Wed July 08, 2026


जिल्ला प्रहरी परिसर भक्तपुरले १८ किलो लागू औषधसहित चार जनालई पक्राउ

जिल्ला प्रहरी परिसर भक्तपुरले १८ किलो लागू औषधसहित चार जनालई पक्राउ



भक्तपुर, २३ चैत : जिल्ला प्रहरी परिसर भक्तपुरले १८ किलो लागू औषधसहित चार जनालई पक्राउ गरेको छ ।
भक्तपुरको विभिन्न स्थानबाट प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त थिमिको प्रहरी टोलीले गाजा १३ किलो ६८० ग्राम, चार किलो ५२५ ग्राम पोल्याण्ड, ३५ लिटर अबैध घरेलु मदिरा, थर्मोलोड हाइड्रोस्लिोरिड क्याप्सु (त्चबmबमय िज्थमचयअजयिचष्मभ ऋबउकगभि) १२० पिस र निट्राभेन्ट (ल्ष्तचबखभत) १० पिससहित तीन जनालाई पक्राउ गरेको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने ३६ वर्षीय राजु पोतामाहा, भारत देश मोतीहारी जिल्ला घरभई हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने २४ वर्षीय सोमराती हुसेन, सर्लाही हरिवन घरभई काठमाडौं  नरेफाँट बस्ने २९ वर्षीय अजित कार्की र काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–७ घरभई मध्यपुरथिमि नगरपालिका–७ नगदेश बस्ने ७५ वर्षीय हर्षबहादुर तामाङलाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट आजै म्याद थप गरि थप अनुसन्धान सुरु गरी आवश्यक कारबाही अगाडि बढाएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रकाश जवेगुले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई बिहीबारभित्र हिरासत मुक्त गर्न सर्वोच्चको आदेश

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित