मङ्लबार, भदौ ३०, २०८३ | Tue September 15, 2026


‘एक विद्यालय एक नर्स’ कार्यक्रम उत्कृष्ठ भएपछि वागमती प्रदेश स्वास्थ्य मन्त्रालय सम्मानित

‘एक विद्यालय एक नर्स’ कार्यक्रम उत्कृष्ठ भएपछि वागमती प्रदेश स्वास्थ्य मन्त्रालय सम्मानित



भक्तपुर, २८ चैत : ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन गरि वागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले विद्यालयहरुमा स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट योगदान पुर्याए वापत ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२’ प्रदान गरिएको छ ।
स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.ले आज आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा पूर्वस्वास्थ्य मन्त्री सुधा गौतम शर्माले वागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयलाई प्रदान गरिएको अवार्ड स्वास्थ्य मन्त्री किरण थापा र स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले ग्रहण गर्नुभएको हो ।
कार्यक्रममा मन्त्री थापाले मन्त्रालयले गरेको ‘एक विद्यालय एक नर्स’ अभियानको सही मूल्यांकन भएको बताउदै विद्यालयस्तरमा स्वास्थ्य सेवा विस्तार गर्दै विद्यार्थीहरूको स्वास्थ्य सुधारमा थप टेवा दिन प्रेरणा मिलेको बताउनुभयो ।
स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले मन्त्रालयले सम्मान प्राप्त गर्न पाउँदा खुशी लागेको बताउदै आगामी दिनमा स्वास्थ्य सेवाको गुणस्तर सुधार र विद्यालयस्तरमा स्वास्थ्य पहुँच विस्तार गर्न मन्त्रालय प्रतिबद्ध रहने बताउनुभयो ।
स्वास्थ्य दर्पण मिडिया नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले वागमति प्रदेश मन्त्रालयले समग्र स्वास्थ्य सुधार र विद्यालय नर्सको प्रभावकारी कार्यान्वयनले विद्यार्थीहरुमा स्वाथ्य जनचेतना र सेवा प्रभावकारी भएकाले अवार्ड प्रदान गरिएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाद्धारा प्रहरीलाई गाडी हस्तान्तरण ु

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित