आइतवार, बैशाख २७, २०८३ | Sun May 10, 2026


‘सूर्यविनायक मेयरकप जिल्लास्तरीय फुट्सल प्रतियोगिता–२०८३’ को विजेता -पाण्डु बजार फुटबल क्लब

‘सूर्यविनायक मेयरकप जिल्लास्तरीय फुट्सल प्रतियोगिता–२०८३’ को विजेता -पाण्डु बजार फुटबल क्लब



भक्तपुर, २६ बैशाख : ‘सूर्यविनायक मेयरकप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता–२०८३’ को आज सम्पन्न फाइनल खेलमा पाण्डु बजार फुटबल क्लब विजेता भएको छ ।
सूर्यविनायक नगर खेलकुद विकास समितिको आयोजना, सूर्यविनायक नगरपालिकाको सहयोगमा सूर्यविनायक नगरपालिका–८ हेल्दी फुटसलमा आज सम्पन्न फाइनल खेलको आजको फाइनल खेलमा  २–१ गोलअन्तरले पराजित गर्दै पाण्डुबजार फुटबल क्लब च्याम्पियन बनेको हो ।
निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो । खेलमा भविष्य फाउन्डेसन बालकोटले सूर्यविनायक–१ लाई ६–२ गोलले पराजित गर्दै तेस्रो स्थान सुरक्षित गर्न सफल भयो भने सूर्यविनायक–१ ले सान्त्वनामा खुम्चिनु परेको थियो ।
विजेता टिमलाई नगर प्रमुख वासुदेव थापाले नगद रु. ६० हजार, ट्रफि, मेडल र प्रमाणपत्र तथा दोश्रो हुने हेल्दी फुटसललाई नगद रु. ३० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।
तेश्रो हुने सूर्यविनायक–२ बालकोटको भविष्य फाउण्डेसनलाई नगद रु. २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र तथा सान्त्वना हुने सूर्यविनायक वडा नं १ टिमलाई नगद रु. १० हजार, मेडल र प्रमाणपत्र नगर प्रमुख थापाले प्रदान गर्नुभयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी निर्भिक थापा, उत्कृष्ट गोलकिपर सविन जोशी श्रेष्ठ र उत्कृष्ट गोलकर्ता विवेक कवाङलाई जनही नगद रु. १० हजार, प्रमाणपत्र र मेडल प्रदान गरियो ।
कार्यक्रममा फुटसलको महिलातर्फको राष्ट्रिय खेलाडी एवं र सूर्यविनायकको स्थानीयवासीलाई अञ्जली मचामसीलाई नगर प्रमुख थापाले सम्मान गर्नुभयो ।
प्रतियोगितामा जिल्लाभरिबाट २५ वटा टिमबीच प्रतिस्पर्धा भएको सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव एवं कार्यक्रमका सभापति दीपक थापाले बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख थापाले सूर्यविनायक नगरपालिकाले शिक्षा, स्वास्थ्य र भौतिक सरचनाका विकासलाई विगत नौ वर्षदेखि गर्दै आएको र अहिले वर्ष खेलमैत्री नगर।पालिकाको रुपमा विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने गरि प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्दै आएको बताउनुभयो ।
नगरपालिकाले आफ्नै नगरक्षेत्रमा करिब ६० रोपनी जग्गामा बृहत खेलकुद मैदान निर्माण गर्ने बताउदै हरेक महिनामा एउटा खेलकुद प्रतियोगिता आयोजना गर्दै खेलाडीलाई खेलप्रति आकर्षित गर्न प्रोत्साहन गर्ने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका आर्थिक विकास संयोजक एवं वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले नगरपालिकाले खेललाई प्राथमिकतामा राखेर नयाँ खेलाडी एत्पादन गर्नेदेखि युवा खेलाडीलाई प्रोत्साहनसम्मको कार्यक्रम अगाडि सारेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं नगरपालिका सामाजिक विकास शाखाका प्रमुख तथा नगरपालिकाका प्रवक्ता रबिन्द्र सापकोटा, वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थलगायतले पुरस्कार वितरण गर्दै नगरपालिका खेल र खेलाडीमैत्री रुपमा अगाडि बढेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  बाल सुधार गृह घट्नाको छानबिन सुरु, अझै शव उठेन, थप १० पक्राउ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित