भक्तपुर, ८ जेठ : नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरुले समिक्षात्मक धारणा प्रस्तुत गर्नु भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज ११ बजे बसेको नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठकमा ६ घण्टा भन्दा बढी पार्टीको समग्र अवस्था र निर्वाचनकोबारेमा घनिभूत छलफल गरेको छ ।
साँझ बैठक पछि सञ्चारकर्मीलाई बैठकबारे जानकारी दिदै पार्टीका उपमहासचिव लेखराज भट्टले पार्टीको अहिलेको अबस्थासम्मको समग्र समीक्षा र निर्वाचनको समीक्षाकाबारेमा लामो छलफल गरि आफनो विचार राखेको बताउनुभयो ।
आजको बैठकमा पाँच जनाले लामो समय लिएर बोलेको र अझै १२ जनाले बोल्न बाँकी रहेको बताउदै नेताहरूको कार्यविभाजनको विषय आजको बैठकमा प्रवेश नपाएको जानकारी दिनुभयो । सचिवालयको अर्को बैठक भोलि बिहान ११ः३० बजे गुण्डुस्थित अध्यक्ष निवासमा पुनः बस्ने गरि निर्धारण भएको उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

