भक्तपुर, २४ जेठ । विद्यार्थीहरुको बौद्धिक कलाको विकास र्ने उदेश्यले सूर्यबिनायक नगरपालिकाले आयोजन गरेको नगरस्तरीय वक्तृत्वकला (कक्षा ८ देखि १०) कार्यक्रम आज नगरपालिकाको हलमा सम्पन्न भएको छ । ‘गणतान्त्रिक शासन ब्यवस्थामा शिक्षा’ विषयमा आयोजना गरिएको वक्तृत्वकलामा सूर्यविनयक नगर क्षत्रका २६ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं सामाजिक बिकास समितिका संयोजक तथा वडा नं. ७ का वडाअध्यक्ष रबिन्द्र सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतियोगितामा अरनिको माध्यमिक विद्यालयको छात्रा सम्पदा थापा प्रथम हुनु भएको छ । क्यान्डिट करिएर एकेडेमिका सुरेशा चौलागाई द्धितिय, युनिट ईङ्गलिस स्कुलका दिपशिखा खड्का तृतिय र गणेश माध्यमिक विद्यालयका कञ्चन शेर्पाले सान्त्वना स्थान हासिल गर्नु भएको छ ।
कार्यक्रममा समितिका संयोजक सापकोटाले प्रथम हुने थापालाई नगद रु. पाँच हजार, दोश्रो हुने चौलागाईलाई तीन हजार पाँचसय, तेश्रो हुने खड्कालाई दुई हजार र सान्त्वना हुने शेर्पालाई एक हजार नगदसहित प्रमाण पत्र प्रदान गर्नुभयो ।

प्रवक्ता समेत रहनु भएका सापकोटाले नगरपालिकाले बार्षिक क्यालेन्डर बनाएर बिद्याथी केन्द्रित कार्यक्रम सन्चालन गरिरहेको र यसले बाल बालिकाको प्रतिभा पहिचान स्पट देखिनुका साथै बिद्याथीहरुमा हौसला बढाईरहेको बताउनुभयो ।

यस प्रकारको कार्यक्रमले बाल मैत्री नगरपालिका निर्माणमा समेत टेवा पुग्ने बिश्वास ब्यक्त गर्दै उहाँले विद्यार्थीहरुको बौद्धिक विकास गर्ने, वाक क्षमता बृद्धि गर्ने र पाठ्यपुस्तक भन्दा अतिरिक्त अध्यननमा रुची जगाउने कार्यक्रमले टेवा दिने बताउनु भयो । नगरपालिकाले विद्यार्थीहरुका लागि सञ्चालन गरेको बिभिन्न अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुको अतिरिक्त क्षमतामा बृद्धि गर्ने उहाँले बताउनुभयो ।

शिक्षा शाखाका प्रमुख रत्नबहादुर कटुवाल, प्रशासन शाखाका राजेन्द्र नेपाल र शिक्षासेवी दधिराम गेलालले वक्तृत्व कलाको मुल्याङकनकर्ताको रुपमा जिम्मेवारी निर्वाह गर्नु भएको थियो ।
नगरपालिको शिक्षा शाखा अन्तर्गत अतिरिक्त क्रियाकलाप सञ्चालन समितिका संयोजक चन्द्र मैनाली र सदस्य चन्दमाश्री बरालले सञ्चालन गर्नु भएको कार्यक्रममा समयपालकको जिम्मेवारी भने अनिश राईले गर्नु भएको थियो ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1

