-रमेश गिरी
हेटौडा, २२ जेठ : वागमति प्रदेशको राजधानी हेटौडामा गुणस्तरीय स्वास्थ्य सेवा र स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै प्रदेश स्तरीय विश्व विद्यालय स्थापना गरि काठमाडौं बाहिरका उत्कृष्ट मेडिकल कलेजको रुपमा विकास गर्ने लक्ष्य बोकेर अगाडि बढेको संस्था हो मदन भण्डारी विज्ञान स्वास्थ्य प्रतिष्ठान ।
देशका सातै प्रदेश मध्येका पहिलो स्वास्थ्य बिज्ञान प्रतिष्ठानको रुपमा स्थापित हुदै सेवा प्रवाहमा निरन्तर अगाडि बढेको संस्थाको रुपमा यसले पहचिान बनाउन सफल भएको छ ।

वागमति प्रदेशमा ठूलो अस्पताल सञ्चालन गर्ने मात्र नभई वागमति प्रदेश भित्रका प्रदेशस्तरीय अस्पतालहरुका लागि आवश्यक स्वास्थ्यका जनशक्ति उत्पादन गर्ने मूल लक्ष्यका साथ २०७६ साल असोज २ गते वागमति प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, सेवा र अनुसन्धानमूलक कार्यको लक्ष्यसहित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ मार्फत सञ्चालनमा ल्याएको यस प्रतिष्ठानले छोटो समयमा आफ्नो लक्ष्य हासिल गर्न सफल भएको छ ।
ऐन जारी भएपछि प्रतिष्ठानले औपचारिक रूपमा २०७७ सालदेखि आफ्नो कार्य सुरु गरि हेटौंडालाई मात्र नभई वागमती प्रदेशका १३ जिल्लालाई स्वास्थ्य सेवा र चिकित्सा शिक्षा उपलब्ध गराउने केन्द्रका रूपमा समेत प्रदेश सरकारबाट अधिकार प्रदान गरेको छ ।
प्रदेशको मुख्य मन्त्री कुलपति र स्वास्थ्य मन्त्री सहकुलपति रहने ऐनमा व्यबस्था गरे अनुसार वागमति प्रदेशका मुख्य मन्त्री इन्द्रबहादुर बानियाँ प्रतिष्ठानको कूलपति, स्वास्थ्य मन्त्री किरण थापा मगर सहकुलपति र प्रदेश सरकारले नियुक्त गरेको प्रा.डा. प्रदीप ज्ञवाली उपकुलपतिका रुपमा कार्य गर्दै आउनु भएको छ ।
मुख्य मन्त्री बानियाँ :
प्रतिष्ठानका कुलपति एवं प्रदेशका मुख्य मन्त्री बानियाँले हेटौडाको मुटुमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बागमती प्रदेश सरकारद्वारा स्थापना गरिएको नेपालको पहिलो प्रदेशस्तरीय स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको बताउनुहुन्छ । यसको मुख्य उद्देश्य गुणस्तरीय स्वास्थ्य सेवा, चिकित्सा शिक्षामा जनशक्ति उत्पादन र स्वास्थ्य अनुसन्धानलाई एकै संस्था मार्फत अगाडि बढाउनु नै रहेको उहाँ बताउनुहुन्छ ।
मुख्यमन्त्री बानियाँ भन्नुहुन्छ, “मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने सपना सहित स्थापना गरिएको हो । प्रदेश सरकारले प्रतिष्ठानलाई प्रदेशस्तरको प्रमुख स्वास्थ्य शैक्षिक संस्थाका रूपमा विकास गर्ने योजनाका साथ हामी अगाडि बढेका छौं, यसका लागि प्रदेश सरकारले आवश्यक बजेट र कार्यक्रम अगाडि सारेको छ ।”
स्वास्थ्य मन्त्री किरण थापा :
प्रतिष्ठानका सहकुलपपति एवं स्वास्थ्य मन्त्री किरण थापा मगर प्रदेशको १३ जिल्लाको स्वास्थ्यको हवको रुपमा यसलाई बिकास गर्ने लक्ष्य सहित सरकार अगासड बढेको बताउनुहुन्छ । प्रतिष्ठानबाटै जनशक्ति उत्पादन, व्यबस्थापनदेखि स्वास्थ्य सवाको विस्तारका कार्यक्रम र शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने तयारीमा रहेको उहाँको भनाई छ ।
सहकुलपति एवं मन्त्री थापा मगर भन्नुहुन्छ, “प्रतिष्ठानले गैर नाफा मूलक शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, आंगिक क्याम्पसहरुको रुपमा शैक्षिक सेवा सञ्चालन गर्ने, मल्टि स्पेशालिटी अस्पतालको रुपमा विकास गर्ने, क्याथ ल्याब सहित मुटुको सेवा बिस्तार गर्ने, गुणस्तरीय औषधि उत्पादनको ल्याब स्थापना गर्ने लक्ष्यका साथ प्रतिष्ठान अगाडि बढिरहेको छ ।, विश्व विद्यालय सञ्चालनसम्मको सपना हामी पुरा गर्छौ ।”
सचिव डा. सुमित्रा गौतम :
मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले प्रतिष्ठानलाई प्रदेशस्तरमा देशकै नमूना अस्पतालको रुपमा बिकास गर्न लागिपरेको बताउनुभयो । उहाँले अस्पतालमा सघन उपचार सेवा, सुत्केरी वार्ड, शल्यक्रिया कक्ष, डायलासिस सेवा विस्तारसंगै नयाँ भवनबाट मुटुको उपचारका लागि क्याथ ल्याब, इउभल ज्भबचत क्गचनभचथ, ऋबचमष्य ख्बकअगबिच क्गचनभचथ, ग्चय क्गचनभचथ, (पिसाब÷किड्नी सम्बन्धी), ग्यास्ट्रोलोजी, ल्भगचय क्गचनभचथ, इउतजबmिययिनथ (आँखा सम्बन्धी), (नाक, कान, घांटीको विशिष्टीकृत सेवा), मृगौला प्रत्यारोपण सेवा, डायलोसिस सेवालाई ३० शैयामा बिस्तार गरि २४ सै घण्टा सञ्चालन गर्ने, दन्त सेवा, मनोरोग तथा लागूऔषध दुव्र्यसन उपचार तथा पुनस्र्थापना केन्द्र, सहितको विशेषज्ञ सेवाहरू सञ्चालनलाई साकार बनाउन लागिरहको छ ।
उपकुलपतिको रुपमा प्रा.डा. प्रदीप ज्ञवाली :
प्रतिष्ठानका उपकुलपतिको रुपमा प्रा. डा. ज्ञवाली २०८१ असोज १८ गते जिम्मेवारी सम्हालेपछि विकासको गति लिएको थियो । मुख्यमन्त्रीदेखि स्वास्थ्य मन्त्री एवं प्रदेश सरकारको योजनालाई सफल बनाउन हेटौडा प्रादेशिक अस्पताललाई प्रतिष्ठान भित्र ल्याएर सबै विवादको निरुपण गर्दै संस्थालाई गतिशिल बनाउन सफल भएको उहाँ बताउनुहुन्छ ।
उपकुलपति डा. ज्ञवालीका अनुसार प्रतिष्ठानले दक्ष स्वास्थ्य जनशक्ति उत्पादन, सरकारी मेडिकल शिक्षाको विस्तार, स्वास्थ्य क्षेत्रमा अनुसन्धान प्रवद्र्धन, आधुनिक प्रविधिमैत्री चिकित्सा शिक्षा र गुणस्तरीय तथा पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यलाई स्थापित गरेको छ ।
प्रतिष्ठानले स्वास्थ्यसम्बन्धी विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्नातक तथा स्नातकोत्तर स्वास्थ्य शिक्षा कार्यक्रम, एनेस्थेसिया टेक्निसियन तालिम, स्वास्थ्यकर्मीहरूको क्षमता विकास तालिम, मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान संकाय विस्तारको लक्ष्यका साथ अगाडि बढिरहेको छ ।
स्थानीय स्वास्थ्य समस्यामाथि अध्ययन, प्रमाणमा आधारित उपचार पद्धतिको विकास, चिकित्सा क्षेत्रमा नवीनता र प्रविधिको प्रयोगमा लागिरहेको यस प्रतिष्ठानले सामुदायिक स्वास्थ्य सेवा, स्वास्थ्य शिविर, जनचेतना कार्यक्रम, स्थानीय तहसँग सहकार्य, प्रदेशका जिल्ला अस्पतालहरुसंगको सहकार्य र विशेष रोगहरूको उपचार सेवा विस्तार समेत गर्दै आएको छ ।
यसै शैक्षिक सत्रबाट एमबिबिएस कार्यक्रम सुरु गर्न सफल भएका छ । अहिले सात वटा कार्यक्रम सस्थागत रूपमा सञ्चालनमा छने भने बिंएससी नर्सिङ्ग कार्यक्रममा पनि १० सिट थप गरेर ३० पुरयाइएको छ । हाल स्नातक तहमा ४५९ जना र स्नातकोत्तर तहमा ३२ जना विद्यार्थी अध्ययनरत छन् । स्नातक तहको पहिलो व्याचका ३३ जना बिद्यार्थी लाइसेन्स परीक्षाको तयारीमा छन । एमबिबिएस्को ५० सिटमा अध्ययन सुरु भएको छ ।
अहिले नेपालमा विशेषज्ञ चिकित्सकको आवश्यकता वढदो अवस्थामा छ । धेरै विद्यार्थी विशेषज्ञ अध्ययनका लागि बाहिर जानु पर्ने बाध्यतालाई कम गर्दै यहाँ विशषज्ञ जनशक्ति उत्पादनमा प्रतिष्ठान लागेको छ । प्रथम वर्षमा ७ वटा कार्यक्रम सुरु भएकोमा ६ वटा कार्यक्रम बिस्तार गरि १३ वटा स्नातकोत्तर तर्फका कार्यक्रम सञ्चालन भइरहेको छ ।
यसले प्रदेशमै विशेषज्ञ शिक्षा प्राप्त गनें अवसर सिर्जना मात्रै गरेको छैन, प्रदेशमा आवश्यक जनशक्ति परिपूर्तीको काममा समेत सहजता हुने भएको छ । हाल प्रतिष्ठानमा स्नातक तहमा ४५९ जना बिद्यार्थी अध्ययनरत छन् भने स्नातकोत्तर तहमा ३२ जना विद्यार्थी अध्ययनरत छन् । एमबिबिएस तर्फ पहिलो व्याचका ३३ जना विद्यार्थी उत्तर्ण भई लाइसेन्स परीक्षामा सहभागी हुदैछन् । अस्पतालको गुणस्तरीय सेवा बिस्तारमा यसले दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउन महत पुर्याउने छ ।
प्रतिष्ठानले हाल स्नातक तहका कार्यक्रममा चार वर्ष अबधीको द्यबअजभयिच या एगदष्अि ज्भबतिज का साथै भ्उष्मझष्ययिनथ, द्यष्यकतबतष्कतष्अक, ज्भबतिज क्ष्लायचmबतष्अक, ज्भबतिज क्थकतझ ःबलबनझभलत, एगदष्अि ज्भबतिज च्भकभबचअज, ज्भबतिज एचयmयतष्यल ७ भ्मगअबतष्यल सञ्चालन गर्दै आएको छ ।
त्यस्तै सन् २०२३ बाट चार वर्षे अबधीको द्य।क्अ ल्गचकष्लन अध्ययन सञ्चालन गरेको छभने चार वर्ष अबधीको स्नातक तहको फार्मेसी अर्थात बि फर्मा, चार वर्षे अबधीको ल्याब टेक्निसियनलगायतको शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्नुको साथै यसै वर्षदेखि एमबिबिएसको अध्ययनसमेत सञ्चालनमा ल्याएको छ ।
तालिमतर्फ एनेस्थेसिया प्राविधिक उत्पादनका लागि विशेष तालिम कार्यक्रम सञ्चालन गर्नुका साथै ःबकतभच या एगदष्अि ज्भबतिज, ,द्यबअजभयिच या ल्गचकष्लन क्अष्भलअभ, द्यबअजभयिच या ःष्मधषभचथ क्अष्भलअभ, ब्गमष्ययिनथ, इउतयmभतचथ, क्ष्mबनष्लन त्भअजलययिनथ लगायतका स्वास्थ्य विज्ञान कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्यमा रहेको छ । प्रतिष्ठानले प्रदेशका १३ जिल्लाका विद्यार्थीलाई शैक्षिक कायृक्रममा समावेश गरि यहीँका जिल्ला अस्पतालहरुमा सेवा गर्ने अवसर दिने गरि योजना अगाडि बढाएको छ । संघीय सरकार र विश्व विद्यालय अनुदान आयोगले छात्रबृत्ति अनुदानको व्यबस्था गरे जनशक्ति उत्पादनमा निकै सहज हुने भएकाले प्रतिष्ठान त्यसका अनुदानका लागि पहल गरिरहेको छ
।
२०८२ साल फागुन २८ गते रु. ८ करोड ६१ लाख लागतमा प्रतिष्ठानको लागि मुख्य मन्त्री इन्द्र बहादुर बानियाँ र स्वास्थ्य मन्त्री किरण थापा मगरले शिलान्यास गर्नु भएको प्रिफ्याब भवनको आउँदो असारमा सम्पन्न गरि सेवा प्रवाह गरिने प्रा.डा. ज्ञवाली बताउनुहुन्छ ।
त्यसैगरि प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडाको मुटुमा अवस्थित हेटौंडा अस्पतालमा रु.२८ करोड ५४ लाखको लागतमा निर्माण सम्पन्न भएको हेटौंडा अस्पतालको पाँच तले नयाँ भवनको मुख्य मन्त्रीले उद्घाटन गरेपछि थप सेवाहरु बिस्तार भएका छन् । प्रतिष्ठान स्थापना हुनु अगाडि हेटौंडा अस्पतालमा जम्मा १०० शैया थिए । अहिले त्यो संख्या बढेर ३१३ पुगेको छ । प्रदेश सिनेटले पास गरेसंगै ५०० शैयाको शिक्षण अस्पतालको रुपम सेवा विस्तार गर्ने लक्ष्य तयारी गरेको छ । अस्पतालमा विशेषज सेवा बिस्तार गरि मोडुलर ओटी सञ्चालनमा आएपछ जटिल शल्यक्रिया यहीँ हुन थालेपछि विरामीको विश्वास जित्दै गएको छ ।
पाँच विघा क्षेत्रफलमा फैलिएको अस्पताल भवनसहितका संरचनाहरुसंगै नजिकै रहेको साडे सात विघा जमिनको सदुपयोग गर्दै भाडाका भवनमा छरिएर रहेका शैक्षिक सेवालाई आउँदो असार साउनदेखि एकै ठाउँमा ल्याएर सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ । नेपाल रेडक्रस सोसाईटीले हडपेर भाडा उठाईरहेको संरचना फिर्ता ल्याउनेदेखि प्रदेश आपूर्ती केन्द्र, स्वास्थ्य निर्देशनालयलाई स्थानान्तरण गर्ने प्रयास पनि भइरहेकै छ ।
रेक्टर प्रो.डा. दिनेश कुमार लम्साल :
प्रतिष्ठानका रेक्टर प्रो.डा. दिनेश कुमार लम्सालले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सम्झौता गरेर रिसर्चको काम अगाडि बढिरहेको बताउनुहुन्छ । प्रदेशका १३ वटै जिल्लाका अस्पतालमा रिसर्चको माध्यमबाट त्यहाँको समस्या पहिचान गरि योजना बनाउन सकिने उहाँ बताउनुहुन्छ ।
प्रतिष्ठानको आफ्नै परीक्षा बोर्ड छ । प्रतिष्ठानलाई यतिमा मात्रै सिमित नराखी विश्व विद्यालयको रुपमा विकास गरि १३ वटै जिल्लामा शैक्षिक कार्यक्रमको स्वीकृति दिई स्वास्थ्यको जनशक्ति उत्पादनमा लैजानु पर्ने आवश्यकता रहेको उहाँ बताउनुहुन्छ ।
रजिष्ट्रार भिमसागर गुरागाईं :
प्रतिष्ठानका रजिष्ट्रार भिमसागर गुरागाईंले हेटौडा अस्पताल वागमती प्रदेशकै गौरबको आयोजना भएको बताउनुहुन्छ । नयाँ प्रिफ्याब भवन निर्माण भएसँगै प्रतिष्ठानका शैक्षिक कार्यक्रमहरू आफ्नै पूर्वाधारबाट सञ्चालन गर्न सकिने अवस्था सिर्जना हुने, भवनमा कक्षाकोठा, प्रशासनिक कक्ष, प्रयोगशाला लगायतका आवश्यक पूर्वाधार समावेश गरिने भएको छ ।
यहाँ मकवानपुरबाट मात्रै नभई सिन्धुली, सर्लाही, बारा, महोत्तरी, बर्दिवासलगायत बिभिन्न ठाउँबाट विरामीको चाप बढ्दै गएको छ । भैतिक पूर्वाधारको विकास, गुणस्तरीय सेवा, टिकट काउण्टर, फार्मेसी काउण्टरको विस्तार, मोडुलर ओटी सञ्चालन, आईसियू लगायतका सेवाहरु बिस्तारसंगै अस्पतालको गुणस्तरीय सेवा प्रवाहले दैनिक १६०० सम्म विरामी आउन थालेको बताउनुहुन्छ, प्रतिष्ठानका रजिष्ट्रार गुरागाईं ।
डिन डा. इन्दिरा अधिकारी पौडेल :
प्रतिष्ठानका डिन डा. इन्दिरा अधिकारी पौडेलले यहाँ सञ्चालन शैक्षिक कार्यक्रममा सहभागिहरुलाई कम्युनिटी फिल्डमा पठाउने गरेको बताउनुहुन्छ । प्रतिष्ठानमा हाल ११० जना शिक्षक सेवारत रहेको उहाँ बताउनुहुन्छ ।
प्रतिष्ठानले सानातिना सर्जरी मात्रै नभई ठूला सर्जरी सेवा पनि यहीँबाट दिन थालेको छ । क्यान्सर, ठूला हर्नियालगायत बिभिन्न शल्यक्रिया सेवा यहीँबाट सञ्चालन भएपछि चितवनदेखि काठमाडौ.सम्म रिफर गर्नु पर्ने बाध्यता हटेको छ । प्रदेश र संघीय सरकारले आधुनिक प्रबिधि पठाउने र जनशक्तिलाई तिालिम दिने व्यबस्था गर्न सके प्रदेशका १३ वटै अस्पतालको रेफर सेन्टरको रुपमा यस अस्पतालाई विकास गर्न सकिने सर्जरी विभागका विभागिय प्रमुख प्रा.डा. सुजन मानन्धर बताउनुहुन्छ । यहाँ रोबोटिक सर्जरी सुरु गर्न सके र मुटु सेवालाई एडभान्स सेन्टरको रुपमा लान सके प्रभावकारी हुने उहाँ बताउनुहुन्छ ।
अस्पतालका निमित्त निर्देशक एवं बाल रोग विशेषज्ञ डा. राजु सेढाईले अस्पतालमा बालरोगका लागि एनआईसियू र आईसियूको छिट्टै सञ्चालनमा आउन लागेको बताउदै अस्पतालको बिभिन्न सेवा बिस्तारको कार्य जारी रहेको बताउनुहन्छ । अस्पतलप्रति विरामीको विश्वाससंगै चाप बढेको अबस्थामा जनशक्ति उचित व्यबस्थापन गर्न सके अझै प्रभावकारी हुने बताउनुहुन्छ ।
अस्पतालमा उपचारका लागि आउने मिर्गौलाका विरामीका लागि ओपिडि सेवा सहज भए पनि डायलोसिका लागि भने पालो कुर्नु पर्ने अबस्था रहेको अस्पतालकी मिर्गौला रोग विशेषज्ञ एव इन्चार्ज दिव्यश्वरी श्रेष्ठ बताउनु हुन्छ । मिर्गौला रोगका विरामीलाई सहज सेवा प्रवाह गरेको उहाँ बताउनु हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

