आइतवार, असार २१, २०८३ | Sun July 05, 2026


सुर्यविनायक नगरपालिका वडा नं ७ गुण्डूमा बालमैत्री स्थानिय शासन घोषणा

सुर्यविनायक नगरपालिका वडा नं ७ गुण्डूमा बालमैत्री स्थानिय शासन घोषणा



भक्तपुर, २१ असार । सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डूमा आज आयोजना गरिएको बालमैत्री स्थानिय शासन दिगोपना सम्वन्धी कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा २०८३ असार १२ गते बालमैत्री वडा घोषणा कार्यक्रममा बिभिन्न प्रतिभा प्रस्तुति तथा साँस्कृतिक प्रस्तुति गर्ने बिद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । साथै बिद्यालयका बालमैत्री सम्पर्क शिक्षक, प्रहरी कार्यलयका बालमैत्री सम्पर्क प्रहरी, स्वास्थ स्वयम सेविकाहरु तथा बाल सञ्जालका बालबालिकाहरुलाई वडा अध्यक्ष रविन्द्र सापकोटाले कदर पत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रमा आउँदो साउन १ गतेदेखि सेवा निबृत्त हुन लाग्नु भएका श्री भैरवी आधारभूत बिद्यालयका प्रधानअध्यापक राजकुमार बस्नेतलाई वडा कार्यालयको तर्फबाट वडा अध्यक्ष रविन्द्र सापकोटाले सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा सापकोटोले बलमैत्री स्थानीय शासन युक्त वडा घोषणा १० वटा वडा घोषणा भइसकेको बताउदै जिल्ला समन्वय समितिको अनुगमनबाट ५२ वटा सूचक पुरा गरेको पाईएपछि जिससको स्वीकृत पाएर घोषणा गरिएको बताउनुभयो ।

सापकोटाले भन्नुभयो, ‘नगरपालिकालाई स्थानीय शासन युक्त नगरपालिका घोषणा गर्ने तयारी भइरहेको छ, वडा घोषणाको प्रतिवेदन वागमति प्रदेश सामाजिक विकास मन्त्रालयलाई दिन्छौं, त्यसपछि उक्त मन्त्रालयले अनुगमन गरि स्वीकृति दिएपछि पालिका पनि घोषणा गर्छौ, आगामी भदौ महिनाको अन्तयसम्ममा नगरपालिका पनि घोषणा हुन्छ ।’

नगरपालिकाले तीन वर्ष लगाएर २०८० बैशाखमा निर्णय गरि साउनमा बालमैत्री अभिमूखीकरण गरि तीन वर्ष लगाएर ५२ वटा सूचकमा पुरा गरि घोषणा गरिएका र यसलाई निरन्तर दिदै दिगोपना ल्याउन पञ्चवर्षिय लगानी योजना निर्माण गरि काम गर्ने तयारी गरेको बताउनुभयो । वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्न सबै निकायको सहयोग र अपनत्वल पाएको भन्दै उहाँले यसलाई निरन्तरता दिने बताउनुभयो ।

बालमैत्री घोषणा र कार्यान्वयनलाई तल्लो तहमा घरघरमा पुग्नु पर्छ भनेर १० वटै वडामा सम्पन्न गरिएको बताउदै सुरुवातीमा वडा नं. ७ ले घोषणा गरिएको बताउनुभयो ।
यस्ता कार्यक्रमा कसैलाई पनि भत्ता दिन नमिल्ने बताउदै उहाँले घोषणा कार्यक्रममा प्रस्तुत भएको नाटकदेखि साँस्कृतिक कार्यक्रमको प्रस्तुती निकै राम्रा भएको बताउनुभयो । उहाँले अब दिगोपनका लागि अझ उत्साहपूर्वक काम गर्नु आग्रह गर्नुभयो ।

यो पनि पढ्नुहोस  वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित