भक्तपुर, ३१ असार ः यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र भक्तपुरले ९० हजार सवारी चालक अनमति पत्र (लाइसेन्स कार्ड) बितरण गरेको छ ।
नयाँ तथा पुरानो छपाई रोकिएका सवारी चालक अनुमति पत्र छपाई सम्पन्न भई आएपछि वितरण सुरु गरेपछि तीन महिनामा दुई लाख ३८ हजार कार्ड छपाई सकेर भक्तपुर
कार्यालयमा आएकोमा ९० हजार सवारी चालक अनुमति पत्र बितरण गरेको कार्यालयका सूचना अधिकारी जीवन बस्नेतले जानकारी दिनुभयो ।
पाँच बर्ष पछि कार्ड छापिएर आए लगत्तै कार्यालयमा दैनिक एक हजारदेखि एक हजार ८०० सम्म वितरण गर्दै आएको बताउनु भयो । कार्यालयले स्कुटर, मोटरसाइकल, साना ठुला गाडीको लिखित परीक्षा, लाइसेन्सको नविकरण ट्रायल परीक्षा लगायतका काम गर्दै आएको छ ।
दैनिक दुई हजारलाई सेवा दिदै आएको कार्यालयले चालु आर्थिक वर्षको असार ३१ गतेसम्म १९ करोड ८२ लाख ६० हजार ९०० रुपैँया राजश्व संकलन गरेको उहाँले जानकारी दिनुभयो । जेन्जी आन्दोलनमा कार्यालय जलाएका कारण एक करोड ९० लाखको क्षति भएको उहाँले जानकारी दिनुभयो ।
कार्यालयले गत आर्थिक वर्ष २०८१/०८२ मा २२ करोड एक लाख २२ हजार रुपैया राजश्व संकलन गरेको थियो । आर्थिक वर्ष २०८०/०८१ मा त्यो रकम २६ करोड ९२ लाख ५५ हजार र २०७९/०८० मा २९ करोड १३ लाख १५ हजार रुपैयाँ राजश्व संकलन गरेको उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

