मङ्लबार, साउन ५, २०८३ | Tue July 21, 2026


सूर्यविनायक नगरपालिका वडा नं. ८ का जनताको सुखदुख साथ दिदै वडा अध्यक्ष पुष्पराज बस्नेत र वडा कार्यालय

सूर्यविनायक नगरपालिका वडा नं. ८ का जनताको सुखदुख साथ दिदै वडा अध्यक्ष पुष्पराज बस्नेत र वडा कार्यालय



भक्तपुर, ४ साउन । आफ्ना नागरिकको सुख र दुःखमा साथ दिने संकल्पका साथ सूर्यविनायक नगरपालिका–८ कार्यालयले स्थानीय तहमै उदाहरणीय कार्यको सुरुवात गरेको छ । आफ्ना वडावासीका सुख र दुःखमा साथ दिने संकल्पका साथ वडा नं. ८ का युवा एवं जुझारु वडा अध्यक्ष पुष्पराज बस्नेतले आफ्ना वडावासीका लागि ‘सुख–दुःखको साथ’ कार्यक्रम आजबाट सञ्चालनमा ल्याएको हो ।

वडा कार्यालयले सोमवार एक सूचना जारी गर्दै आफ्ना वडामा जन्मको खुसीमा र मृत्युको दुःखमा पनि वडावासीलाई सहयोग उपलब्ध गराउने वडा अध्यक्ष बस्नेतले घोषणा गर्नुभयो । वडा कार्यालयले शिशु जन्मिे पछि सुत्केरी आमा र नवजात शिशुलाई स्वास्थ्य तथा पोषणमा सहयोग पुर्याउन सहयोग प्रदान गर्ने र स्थानीयवासीको मृत्यु भएमा दुखको क्षणमा राहत पुर्याउन सहयोग दिने कार्यक्रम ल्याएको हो ।

वडा अध्यक्ष पुष्पराज बस्नेतले भन्नुभयो, “हामीले ‘सुख–दुःखको साथ’ कार्यक्रम साउन १ गतेदेखि नै लागू हने गरि कार्यान्वयनमा ल्याएका छौं, यो हाम्रो जनता र वडावासीका लागि नयाँ कार्यक्रम लागू गरेका छौं । त्यस कार्यक्रम सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य तथा पोषणलाई ध्यानमा राख्दै आमालाई २ हजार ५०० बराबरको पोषण सामग्री तथा नवजात शिशुलाई २ हजार ५०० बराबरका नयाँ कपडा उपलब्ध गराउने छौं । त्यसैगरि वडा नं. ८ भित्र कुनै पनि परिवारका सदस्यको मृत्यु भएमा अन्त्येष्टि तथा अन्य आवश्यक कार्यका लागि सम्बन्धित परिवारलाई रु. १० हजार नगद सहयोग प्रदान गर्नेछौं ।”

यो सुविधा प्राप्त गर्न वडा नं. ८ को स्थायी बासिन्दा हुनुपर्छ । वडाभित्र बसाइँसराइ गरी आएको हकमा बसाइँसराइ दर्ता भएको हुनुपर्छ । जन्म वा मृत्यु भएको ३५ दिनभित्र वडा कार्यालयमा घटना दर्ता गर्नु पर्ने व्यवस्था गरेका छौं ।

वडाअध्यक्ष, जनप्रतिनिधि र वडावासीलाई अझै नजिक बनाउँन यस कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने र वडावासीलाई सुखदुखमा वडाले साथ दिदै अपनत्व ग्रहण गरेको बताउनुभयो । वडावासीलाई वडासंग नजिक ल्याउने यो कार्यक्रमको सेवा एवं सुविधा लिन आव्हान गर्दै उहाँले थप जानकारी चाहिए वडामा संम्पर्क गर्न समेत उहाँल आव्हान गर्नुभयो ।

यो पनि पढ्नुहोस  रास्वपा सभापति लामिछाने पक्राउ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित