आइतवार, भदौ २८, २०८३ | Sun September 13, 2026


सूर्यविनायकको ऐतिहासिक शिव सर्किट घुम्दै शनिवार सिपाडोलका महिलाहरु र शनिवार स्थानीय पाठ्यक्रम पठाउने सबै शिक्षक शिक्षिका

सूर्यविनायकको ऐतिहासिक शिव सर्किट घुम्दै शनिवार सिपाडोलका महिलाहरु र शनिवार स्थानीय पाठ्यक्रम पठाउने सबै शिक्षक शिक्षिका



भक्तपुर, २१ साउन : सूर्यविनायक नगरपालिकाको ऐतिहासिक शिव शिव सर्किटकोबारेमा जानकारी दिन यहाँका महिलाहरुदेखि शिक्षक, शिक्षिकासमेतले धार्मिक तथा अध्ययन भ्रमण गर्ने भएका छन् ।

आउँदो शनिवार सूर्यविनायक नगरपालिका वडा नं. ८ कार्यालयको आयोजनामा यस वडामा रहेका महिलाहरुलाई आफ्नै वडा भित्र रहेको प्रसिद्ध शिवमन्दिरहरुको धार्मिक परिक्रमा गराउने भएको हो ।

सूर्यविनायक नगरपालिका क्षेत्र भित्र रहेका प्रसिद्ध १५ वटा शिवालयहरुलाई समेटेर सूर्यविनायक नगरपालिका क्षेत्र धार्मिक पर्यटनको केन्द्रबिन्दू बनाउने उदेश्यले नगरपालिकाले निर्माण गरेकोे ‘सूर्यविनायक शिव सर्किट’ लाई जनस्तरसम्म थप प्रभावकारी रूपमा पु¥याउने र साउन महिनाको अवसरमा शिवालयको दर्शन एवं परिक्रमा गर्ने उदेश्यले सूर्यविनायक नगरपालिका–८ ले महिलाहरूका लागि ‘सूर्यविनायक शिव सर्किट परिक्रमा’ आयोजना गरेको हो ।

सूर्यविनायक नगरपालिका वडा नं.८ का वडा अध्यक्ष पुष्पराज बस्नेतले सूर्यविनायक नगरपालिकाको वडा नं. १ देखि १० वटा वडामा रहेको १५ वटा शिवालयलाई समेटेर नगरपालिकाले निर्माण गरेको ‘शिव सर्किट’ मा आउँदो २३ गते शनिवार यहाँका महिलाहरुलाई धार्मिक भ्रमण गराईने बताउनुभयो ।

शनिवार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने शिवालय भ्रमण कार्यक्रममा वडा नं. ८ का सम्पूर्ण महिला दिदीबहिनीहरूलाई सहभागी हुन आग्रह गरिएको र करिब ६५० महिलाहरुको भ्रमण रहने उहाँले जानकारी दिनुभयो ।

सूर्यविनायक चोकमा सबै टोलबाट आएको गाडीमा सहभागि महिलाहरुलाई राखेर वडा नं २ को बालकोटको धर्मेश्वर महादेव मन्दिरबाट सुर हुने शिव सर्किट परिक्रमा एव भ्रमणमा वडा नं. १ देखि १० सम्मका शिव मन्दिरहरुको परिक्रमा गरि साँझ ६ बजे डोलेश्वर महादेव मन्दिरमा पुगेर सन्ध्याकालिन आरती हेरेर फर्किने वडा अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

साउन महिनाको यस भ्रमणले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै स्थानीय धार्मिक सम्पदाको पहिचान, संरक्षण र प्रचारमा समेत टेवा पुग्ने र देश तथा विदेशका बिभिन्न ठाउँबाट दर्शनाथीैको आगमन भई धािर्मक पर्यटनको हव बन्ने विश्वास लिएको बताउनुभयो ।

यो पनि पढ्नुहोस  फेवातालका पुराना डुङ्गाले कुरुप बन्दै पोखराको सौन्दर्य

त्यसैगरि सूर्यविनायक नगरपालिकाले पनि २३ गते आईतबार नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम ‘हाम्रो सूर्यविनायक’ विषय अध्यापन गराउने एक–एक जना शिक्षकलाई शिव सर्किट अध्ययन–अवलोकन भ्रमणमा गराईने भएको छ ।

नगरपालिकाको सामाजिक विकास समितिको निर्णयअनुसार साउन २३ गते सञ्चालन हुने अध्ययन भ्रमणमा वडा नं. १ देखि १० सम्मका शिव मन्दिरहरू समेटेर निर्माण गरिएको शिव सर्किटको अध्ययन अवलोकन भ्रमण गराईने समितिको संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले जानकारी दिनुभयो ।

स्थानीय पाठ्क्रम अध्यापन गराउने शिक्षक एवं शिक्षिकाहरुले स्थानीय धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाबारे प्रतक्ष्य अवलोकनबाट ज्ञान लिई ‘हाम्रो सूर्यविनायक’ विषयलाई अझ प्रभावकारी र व्यवहारिक रूपमा अध्यापन गर्न सहयोग पु¥याउने विश्वास लिएको उहाँले जानकारी दिनुभयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित