बिहिबार, भदौ ११, २०८३ | Thu August 27, 2026


भारत सरकारले १० टन मानवीय सहायता तथा विपद् राहत पठाए

भारत सरकारले १० टन मानवीय सहायता तथा विपद् राहत पठाए



काठमाडौँ, १० भदौः भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन मानवीय सहायता तथा विपद् राहत पठाएको जनाएको छ । भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै आज नेपालको रसुवामा आएको बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, आवश्यक औषधि नेपाल पठाइएको बताउनु भएको छ ।

“हामी शोकसन्तप्त परिवारजन तथा यस घटनाबाट प्रभावित सबैप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ”, उहाँले भन्नुभएको छ, “यस चुनौतीपूर्ण परिस्थितिमा भारत नेपाल र नेपाली जनताको साथमा उभिएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  आलेखः कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित