भक्तपुर, १४ भदौ : सूर्यविनायक नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग
जम्मा गर्ने निर्णय गरेको छ । आज नगरपालिकामा नगर प्रमुख वासुदेव थापाको अध्यक्षतामा बसेको नगरपालिकाको २१५ औं कार्यपालिका बैठकले स्थानीय विपद् व्यवस्थापन कोषबाट नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउन उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । नगरपालिका प्रमुख थापाले बाढीका कारण रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको र त्यसबाट प्रभावित नागरिकलाई तत्काल उद्धार, राहत र पुर्नस्थापनामा सहयोग पुर्याउने उदेश्यले उक्त रकम प्रदान गर्ने निर्णय गरेको बताउनुभयो ।
नगर प्रमुख थापाले भन्नुभयो, “यो राष्ट्रिय विपदको घडीमा मानवीय दायित्व बहन गर्दै सबैले आफ्नो क्षेत्रबाट सहयोग पुर्याउन सम्पूर्ण नागरिक समाज, निजी क्षेत्र, संघसंस्थाहरुमा आग्रह गर्नुभयो । राहत कोषका लागि नगर प्रमुखको तर्फबाट रु. ३५ हजार, उपप्रमुखको तर्फबाट १५ हजार, वडाअध्यक्षहरुको तर्फबाट प्रति व्यक्ति रु. १० हजारका दरले रु. १ लाख, कार्यपालिका सदस्इहरुको तर्फबाट प्रतिव्यक्ति रु. ६ हजार, वडा सदस्यहरुको तर्फबाट प्रतिव्यक्ति रु. दुई हजार ५०० का दरले राहत रकम राज्य कोषमा पठाउने निर्णय गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले जानकारी दिनुभयो ।नगर प्र्रमुख थापाको एक महिनाको सेवा सुविधा वापत प्राप्त हुने रकम कोषमा प्रदान गरिएको हो । नगरपालिकाको बैठकले बाढीको बितण्डाले पुर्याएको मानवीय एवं भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार, राहत वितरण र पुर्नस्थापनामा सहयोग गर्नु आव्हान गरेको नगरपालिका सामाजिक विकास समितिका संयोजक पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

