सोमवार, भदौ १५, २०८३ | Mon August 31, 2026


मुख्यमन्त्री थापाले बोलाए बागमतीमा सर्बदलिय बैठक, उद्धार र राहत बितरण जारी राखिने

मुख्यमन्त्री थापाले बोलाए बागमतीमा सर्बदलिय बैठक, उद्धार र राहत बितरण जारी राखिने



काठमाडौ, १४ भदौ  भदौ १० गते भोटेकोशीमा आएको विनाहशकारी बाढीका कारण पुगेको क्षति र आगामी रणनीतिबारे छलफल गर्न बागमती प्रदेशमा राजनीतिक दलका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको छ।  मुख्यमन्त्री किरण थापाको अध्यक्षतामा काठमाडौमा बसेको बैठकले बाढी प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र दीर्घकालीन पुनर्निर्माणका कार्यहरू अघि बढाउने निर्णय गरेको छ।

बैठकमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्रीहरु राजेन्द्र पाण्डे , शालिकराम जम्कट्टेल र बहादुर सिंह लामाका साथै विभिन्न राजनीतिक दलका संसदीय दलका नेताहरूको उपस्थिति रहेको थियो। नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले भने ह्वाट्सएप मार्फत बैठकमा जोडिएर आफ्नो सुझावहरू राख्नुभएको थियो। बैठकले बाढीबाट अत्यधिक प्रभावित भएका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका क्षेत्रहरूमा तत्काल बास आवासको ब्यबस्थापन, राहत र उद्धार कार्यलाई कुनै अवरोधबिना निरन्तर अगाडि बढाउने निर्णय गरेको छ।

बाढी प्रभावित नागरिकहरूलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउन सरकारलाई निरन्तर लाग्न सुझाव पनि दिइएको छ। बाढी र पहिरोका कारण अवरुद्ध भएका सडक तथा पैदल मार्गहरूलाई चाँडोभन्दा चाँडो सुचारु गर्न प्रदेशले काम गरीरहेको जनाउँदै थप सम्भाव्यता अध्ययन गरिने निर्णय गरिएको छ। आवतजावतलाई सहज बनाउन आवश्यकता अनुसार उपयुक्त स्थानहरू पहिचान गरी तत्काल बेलिब्रिज, झोलुङ्गे पुल र तुइनहरू निर्माण गर्ने प्रक्रिया अगाडि बढाउन बैठकले सर्वसम्मत निर्णय गरेको छ।

यस्तै बैठकले तत्कालको राहत मात्र नभई बाढी प्रभावित क्षेत्रको दिगो विकास र पुनर्निर्माणका लागि दीर्घकालीन योजना निर्माण गर्नुपर्नेमा जोड दिएको छ। बैठकमा भौतिक पूर्वाधार मन्त्री भरत बहादुर केसी, र खानेपानी, उर्जा तथा सिँचाई मन्त्री राजु विष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता उद्धव थापा, नेकपाका प्रमुख सचेतक रत्न ढकाल, नेपाली कांग्रेसका प्रदेश सभा सदस्य रमेश कुमार महत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  त्रिविको स्नातक तह दोस्रो वर्षको परीक्षा स्थगित

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित