बिहिबार, भदौ २५, २०८३ | Thu September 10, 2026


सर्वोच्च अदालतले पार्टीको आधिकारिकतबारे आफूलाई न्याय दिनेमा विश्वस्त रहेको नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको भनाई

सर्वोच्च अदालतले पार्टीको आधिकारिकतबारे आफूलाई न्याय दिनेमा विश्वस्त रहेको नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको भनाई



भक्तपुर, २४ भदौ : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको आधिकारिकतबारे आफूलाई न्याय दिनेमा विश्वस्त रहेको बताउनु भएका छ ।   नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिले ११३ औँ बीपी जयन्तीको अवसरमा आज भक्तपुरमा आयोजना गरेको ‘बीपी विचार, राष्ट्रिय राजनीति र नेपाली कांग्रेस विषयक’ बिचार गोष्ठीमा बोल्दै उहाँले सर्वोच्चबाट आफूहरूले न्याय पाउने विश्वास रहेको बताउनु भएको हो ।
निर्वाचन आयोगले दबाबमा विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएपछि आफूहरू सर्वोच्च गएको बताउदै देउवाले भन्नुभयो, “निर्वाचन आयोगका प्रमुखले मेरो ज्यानको खतरा भयो भनेको छ । मैले भनेको होइन । सबैले सुनेको कुरा हो । हामीले सर्वोच्चमा मुद्दा हाल्यौँ । चुनाव भइसक्यो के गर्ने ? भन्नुभयो । हामीले पुनरावलोकनमा गयौँ । पुनरावलोकनले हामीलाई निस्सा दियो । निस्सा दिएपछि हाम्रो आधाभन्दा बढी विजय भइसक्यौ, अब सर्वोच्चले रुख चिह्न, र चारतारे झन्डा नेपाली कांग्रेसको हामीले पाउनेमा विश्वस्त छौँ ।”
उहाँले गगन थापालाई पार्टीको विद्यानले विशेष महाधिवेशन आह्वान गर्ने अधिकार नै नदिएको भन्दै जतिसुकै षड्यन्त्र गरेपनि आफूहरूले आधिकारिकता पाउने विश्वास रहेको बताउनुभयो ।
पार्टीमा कुनै सनाखत नै नगरी पार्टी विधान विपरित गगन थापाले शिवेष महाधिवेशन गरेको बताउदै देउवाले भन्नुभयो, “गगन थापाले विशेष अधिवेशन बोलाउनुप¥यो भन्नुभयो । मैले विशेष अधिवेशन बोलाउन पाउँछ, अधिकार छ पार्टीमा, त्यसका लागि को–को भाग लिने हो उसको सनाखत हुनुप¥यो । कुन जिल्लाको, कुन क्षेत्रको, कुन गाउँपालिकाको हो, त्यसको नाम सब चाहियो, सनाखत हुनप¥यो, बिना सनाखत गर्न पाइन्छ ? पहिले पनि बोलाइएको थियो । पार्टी सभापति सुवर्ण शमशेर हुँदा बोलाइएको हो । अहिले पार्टी सभापति म छु, मलाई थाहै छैन । तिमी बोलाउन पाउँछौं ? मलाई थाहै छैन बोलाइ दिने भन्दा हुन्छ दाइ, विचार गर्छु दाइ भनेर अचानक बोलाइदिए । पहिले सनाखत गराउन सनाखत । त्यो हो कि होइन ? त्यो मेम्बर छ कि छैन पार्टीको ? खल्तीबाट नाम राखेर धमाधम राखिदियो । त्यसरी विशेष अधिवेशन बोलाए उनले ।”
रसुवा भोटेकोशी बाढीमा परेकाको छिटो राहत र उद्धारमा सरकार लाग्नु पर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा काँग्रेस नेताहरु शशांक कोईराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, विमलेन्द्र निधी, प्रकाश शरण महत, विनोद कायस्थ, सुरेन्द्र श्रेष्ठलगायतका नेताहरुले काँग्रेसलाई एक ढिक्का बनाएर लैजानु पर्ने र त्यसका लागि विद्यान सम्मत नियमित महाधिवेशनमा जानु पर्ने बताउनुभयो ।
कार्यक्रममा काँग्रेस जिल्ला सभापति एवं र्काक्रमका सभापति दूर्लभ थापाले काँग्रेसलाई बिधि सम्वत रुपमा एक ढिक्का बनाएर लैजानु पर्ने आवश्यकता रहेको बताउदै सरकारले भोटेकोशी बाढी पीडित जनताको खोज, उद्धार र राहत वितरण देखि पुर्नस्थापनासम्म प्रभावकारी कार्य गर्न सरकारलाई सुझाब दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  अपराध गर्ने समूहहरूले झण्डालाई ओढेर दुरुपयोग गरेका छन् : केपी शर्मा ओली

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित