बिहिबार, भदौ २५, २०८३ | Thu September 10, 2026


गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’



भक्तपर, २४ भदौ। गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन्।

बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त आफ्नो निवासको अवलोकन गर्न पुगेका ओलीले सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाएका हुन्। गुरुङले भदौ २३ गते पुराना राजनीतिक दलहरूलाई ‘सुध्रिन’ चेतावनी दिएका थिए। गृहमन्त्रीले ‘पहिले हेलिकप्टर चढेर भागेका थियौ, अहिले त्यो पनि हाम्रै हातमा छ। चढिहाल्यौ भने पनि जाक्दिन्छौँ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

गुरुङको उक्त अभिव्यक्तिबारे ओलीले भने, ‘हामीले प्रशंसा गरिदिनुपर्ने हो र रु यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए।’

ओलीले भदौ २४ गतेको घटनालाई देशका लागि ‘कालो दिन’ भएको बताए। उक्त दिन भएको विध्वंसका कारण देश २५ वर्षभन्दा बढी पछाडि धकेलिएको उनको भनाइ छ।

‘देश २५ वर्षभन्दा धेरै पछि परेको छ। अहिले रमाउनेहरू कम्तीमा २५ वर्षभन्दा पछाडि परेका छन्। त्यो कुरा पछि भोग्दै जाँदा थाहा पाउँछन्, अहिले रमाउनेहरूले पनि,’ ओलीले भने।

आफ्नै निवासमा भएको आगजनीपछि ओली आज क्षतिग्रस्त घरको अवस्था अवलोकन गर्न पुगेका हुन्। घर हेर्ने क्रममा उनी भावुकसमेत बनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  ‘मेयर कप अन्तर क्लब फुटसल प्रतियोगिता–२०८२’ को उपाधी पाण्डुबजार फ्रेण्डसीप क्लबले उचाल्यो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित