बुधबार, साउन २७, २०८३ | Wed August 12, 2026


तीव्रगतिमा सवारी चलाए सचेतना कक्षा

तीव्रगतिमा सवारी चलाए सचेतना कक्षा



काठमाडौँ, २३ कात्तिक : के तपाईंले काठमाडौँ उपत्यकामा तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ ? चलाउने भए होसियार ! एक घण्टा ट्राफिक सचेतना कक्षा लिनुपर्ला । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई आगामी मङ्सिर १५ गतेदेखि ट्राफिक सचेतना कक्षा सञ्चालन गर्ने भएको छ ।

यसअघि मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने र लेन अनुशासन उलङ्घन गर्ने तथा सडक बत्तीको पालना नगर्ने चालकलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गर्दै आएको कार्यालयले आगामी मङ्सिर १५ गतेदेखि तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई अनिवार्य कक्षा सञ्चालन गर्न लागेको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना भई मानवीय क्षति भएको भन्दै दुर्घटनालाई न्यूनीकरण गर्नका लागि जरिवनासहित सचेतना कक्षाको व्यवस्था सुरु गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा तीव्र गतिका कारण तीन हजार पाँच सय ४३ र चालु आवको तीन महिनामा तीव्र गतिका कारण छ सय ४९ दुर्घटना भएको छ । आव २०७८÷७९ मा १८ हजार चार सय ४७ र चालु आवको तीन महिनामा आठ हजार पाँच सय ८४ तीव्र गतिमा चलाउने चालकलाई कारबाही गरे पनि सवारी चालकमा सचेतना कमी भएको भन्दै कक्षा सञ्चालन गर्न लागिएको प्रवक्ता भट्टले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान् प्रधानमन्त्री केपी ओलीले भन्नुभयो : जेनजी आन्दोलनमा ताकीताकी गोली हान्ने आदेश दिइएको थिएन, प्रहरीसँग नभएका हतियार प्रयोग गरी गोली हानियो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित