भक्तपुर, ४ असोज : जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा बिभिन्न अपराध सम्बन्धी १७९ वटा मुद्दा दर्ता गरेको छ । परिषरले आज एक महिनामा भएका अपराधका घट्नाबारे जानकारी दिदै दर्ता भएका मुद्दा मध्ये ५७ वटा फछ्र्योट भएको परिषरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।
एक महिनाको अबधीमा भक्तपुरमा जघन्य अपराधतर्फ हत्या एक, जबरजस्ती करणी पाँच, लागू औषधका तीन र हातहतियार खरखजनातर्फ एक गरि कूल १० वटा मुद्धा दर्ता भई कारबाहीका लागि गएको उहाँले जानकारी दिनुभयो ।
आर्थिक अपराधतर्फ कुल ९६ वटा मुद्दा दर्ता भएकोमा सबैभन्दा बढी बैंकिङ कसुरका ७७ वटा र ठगीका १९ वटा मुद्दा रहेको र १२ वर्ष पुरानो सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको जानकारी दिनुभयो ।
त्यसैगरि अदालतबाट सजाय तथा जरिवाना ठहर भई फरार रहेका ६५ जना प्रतिवादीहरू पक्राउ गरिएको र कुल ४४ वर्ष ६ महिना ३ दिन कैद सजाय भुक्तानका लागि पठाइएको जानकारी दिनुभयो । यसक्रममा एक करोड २२ लाख १९ हजार ५७० रुपैयाँ जरिवाना असुली गरिएको जानकारी दिनुभयो ।
त्यसैगरि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित नौ वटा मुद्दा दर्ता भएको घरेलु हिंसातर्फ परेका १३ वटा उजुरी परेको, जिल्लामा कुल २३ वटा सवारी दुर्घटना मध्ये एक जनाको मृत्यु र ३५ जना घाइते भएको, २ हजार ९४७ वटा सवारी साधनलाई कारबाही गरी १३ लाख ९२ हजार ५०० राजस्व संकलन गरेको उहाँले जानकारी दिनुभयो ।
प्रहरीले सृजनानगरबाट १९ वर्षीय रामकृष्ण शर्माको साथबाट १२ राउन्ड अवैध गोली बरामद गर्नुको साथै कर्तव्य ज्यान मुद्दा चाँगुनारायणका राकेश पराजुली र भक्तपुरका किशोर चौगुठीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपक कुमार कार्कीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

